scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 3, 2013

लमजुङको पर्यटन पर््रबर्द्धन र कृषि क्षेत्रको ब्यवसायीकरणका लागि सम्भाब्यता अध्ययनको काम शुरु

बेसीशहर भदौ १८
लमजुङको पर्यटन पर््रबर्द्धन र कृषि क्षेत्रको ब्यवसायीकरणका लागि सम्भाब्यता अध्ययनको काम शुरु भएको छ ।
अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना-एक्याप) र जिल्ला कृषि विकास कार्यालयको पहलमा पर्यटन पर््रबर्द्धन र कृषिको ब्यवसायिकीकरणको काम शुरु गरिएको हो । कृषि मन्त्री टेकबहादुर थापाको निर्देशनमा जिल्लाको कृषि तथा पर्यटन पर््रबर्द्धनका लागि सम्भाब्यता अध्ययनको काम शुरु गरिएको बताइन्छ ।
यसै सर्न्दर्भमा हालै बेसीशहरमा एक छलफल कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङले लमजुङको पर्यटन र कृष िक्षेत्रका विकासका लागि के के काम गर्न सकिन्छ, यहा“का सम्भावनाहरु के के छन् र त्यसका लागि के कस्तो सहयोग गर्न सकिन्छ भनेर बुझ्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहा“ले छलफलपछि सम्भावना र अबसरको अधिकतम उपयोग गरी यस क्षेत्रसंग जोडिएका उद्यमीहरुलाई सहयोग पुग्ने गरी कार्यक्रम बनाउने जानकारी दिनु भयो । 
कार्यक्रममा अन्नपर्ुण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप)का निर्देशक लालप्रसाद गुरुङले लमजुङ जिल्ला पर्यटन र कृषकिो उच्च सम्भावना युक्त जिल्ला भएकोले कृषमिा आत्मनिर्भर हुन, पर्यटनको क्षेत्रमा बैकल्पिक पदमार्ग निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । बेसीशहर हुदैं मनाङ-मुस्ताङ जोड्ने अन्नपर्ूण्ा पदयात्रा मार्गमा मोटरबाटो बनेपछि परम्परागत पदमार्गका व्यवसायीहरु विस्थापित भएको भन्दै उहा“ले बैकल्पिक मार्गको विकास भईरहेकाले सो मार्गमा लगानी बढाउन एक्यापले सहयोग गर्ने जानकारी  दिनुभयो ।  
गोष्ठीमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत मनिषराज पाण्डेले पर्यटनका साथै पर्ुवाधारको विविधिकरण गर्ने उदेश्यले सम्भाव्यता अध्यन गरिएको बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै पाण्डेले परमपरागत रुपमा गरिएको कामलाई नै विस्तृत बनाउन लागिएको बताउनुभयो । यस अर्न्तर्गत कृष िर पर्यटनबाट कसरी लाभ लिन सकिन्छ भन्ने कुराको अध्यन गर्न लागिएको उहा“को भनाई थियो ।
सोही अवसरमा अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनार् इलाका कार्यालय भुजुङका संरक्षण अधिकृत जितेन्द्र यादबले लमजुङ तीन सय ९० मिटरको रम्घाटार देखि आठ हजार मिटरको उचाइसम्म फैलिएकोले यहा“ हरेक प्रकारको खेती गर्न सकिने बताउनुभयो । यस क्षेत्रमा पर्यटनको विकास गर्नका लागि शुरुमा पर्ूवाधारको विकास गर्नुपर्ने आवश्यकता उहा“ले औंल्याउनुभयो ।
कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले लगानीका लागी लमजुङ सुरक्षति जिल्ला भएको दृष्टान्त प्रस्तुत गर्दै कुनै पनि अवस्थामा बन्द-ब्यापार, उद्योगधन्दा स्थापना गर्न वा कुनै पनि आयोजनामा लगानी गर्नेहरुलाई प्रशासन पर्यप्त सुधार दिन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कृष िविकास कार्यालयका निमित्त प्रमुख सन्तोष चौधरीले योजना बनाउन भन्दा पनि बनाएको योजनालाई कार्यान्वयन गर्नु ठूलो कुरा हुने भएकाले किसानका चाहना अनुसारको योजना बनाउन आग्रह गर्नुभएको थियो । सो कार्यक्रमका सहभागी किसानहरुले कृषिलाई ब्यवसायीक बनाउनु अपरिहार्य रहे पनि जताभावी कार्यक्रम र्छदा कार्यक्रमको प्रभावकारी नहुने भएकाले त्यसतर्फसचेत हुन आंैल्याएका थिए ।
कार्यक्रममा सहभागी अगुवा किसानहरुले कृषमिा व्यवसायिकता ल्याउन कनिका छरेजस्तो कार्यक्रम ल्याउन नहुने बताएका थिए । कार्यक्रममा पार्टर्ीी्रतिनिधीहरुको पनि उपस्थिति थियो ।

No comments:

Post a Comment