बेसीशहर, भदौ १८
बेसीशहर- नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी लगायतका राजनीतिक दलहरु चुनावी तयारीमा जुट्दै गरेको बेला एमाओवादीबाट फुटेर बनेको नेकपा-माओवादी भने चुनावको विरोध गर्दै गाउ“ दौडाहमा लागेको छ ।
संविधानसभाको निर्वाचन बहिष्कार गर्ने नीतिका साथ आन्दोलनमा उत्रिएको नेकपा-माओवादीले भण्डाफोर अभियान लिएर गाउ“ छिरेको हो । अहिलेको सर्न्दर्भमा निर्वाचन भन्दा पनि सहमति गरेर अघि बढ्नु पर्ने भएकाले र्सवदलीय गोलमेच सम्मेलन हुदै र्सवदलीय सरकार गठन गरी अघि बढ्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएको नेकपा-माओवादी आगामी निर्वाचन विथोल्ने अभियानका साथ गाउ“ छिरेको हो । आफूहरुको मागप्रति चार दल र सरकार उदासिन रहेकोले आन्दोलनको विकल्प नरहेको सो पार्टर्ीी भन्दै आएको छ ।
विदेशीहरुकोर् इशारामा निर्दलीय सरकार गठन गरिएको, देश र जनताको हित विपरित बाधा अड्काउ फुकाउ गरिएको र नेपाललाई सिक्किमीकरण गर्न लागिएको भन्दै नेकपा-माओवादीले चुनाव बहिष्कारको अभियानलाई राष्ट्रिय स्वाधीनतासंग पनि जोडेको छ ।
निर्वाचन बहिष्कारको अभियान लिएर लमजुङको क्षेत्र नं. १ मा नेकपा-माओवादी लमजुङका सेक्रेटरी अविरल न्यौपाने र क्षेत्र नं. २ मा वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मोहनहरि पौडेल खटिनु भएको छ । उहा“हरुको नेतृत्वमा रहेको टोलीले विभिन्न स्थानमा जनसभा, जनभेला, भेटघाट लगायतका कार्यक्रम गरी संविधान सभा निर्वाचनको विरोधमा जनतम सृजना गर्ने र र्सवसाधारण नागरिकलाई निर्वाचनमा सहभागी नहुन आग्रह गरेको बताइएको छ ।
नेकपा-माओवादीले निर्वाचन बहिष्कारको कार्यक्रम लिएर जा“दा आफूहरुमाथि दमन भए सशक्त प्रतिकार गर्ने चेतावनी पटक पटक दिदै आएको छ ।
No comments:
Post a Comment