scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, September 3, 2013

कांग्रेसले गर्‍यो उमेदवार सिफारिस, अब एमालेले पनि बुधवार गर्ने

लमजुङ, १८ भदौ ।
आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि नेपाली कांग्रेसले लमजुङका दुवै निर्वाचन क्षेत्रबाट उमेदवार सिफारिस गरेको छ ।
सोमबार दिनभर क्षेत्रीय भेलाको आयोजना गरी भेलामा प्राप्त सुझाव अनुसार आज क्षेत्रीय कार्य समितिको वैठक बसी उमेदवार सिफारिस गरिएको हो ।
लमजुङ क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फनेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति तुलसी नारायण श्रेष्ठ, पर्ूव सभापति शंकरकान्त जोशी, महासमितिका सदस्य डा. टकराज गुरुङ, महासमिति सदस्य डिकेन्द्र राज क“डेल, नेपाल भूतपर्ूव सैनिक संघका पर्ूव केन्द्रीय महासचिव गर्जबहादुर गुरुङ, खुशीमान गुरुङ र जिल्ला कार्य समितिका पर्ूव उपसभापति गोविन्द राज धितालको नाम सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिक तर्फरश्मी घिमिरे, यमबहादुर गुरुङ, कोपिला विक, हुमनाथ दवाडी, क्या. लालबहादुर गुरुङ, रामचन्द्र अधिकारी, विष्णुमाया धिताल र भिउसिन दमैको नाम सिफारिस गरिएको छ ।
त्यसैगरि क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फकेन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, जिल्ला कार्य समितिका सभापति कृष्ण प्रसाद कोइराला, पर्ूव सभापति चन्द्रबहादुर कु“वर, महासमितिका सदस्य गमप्रसाद गुरुङ, तरुण दल लमजुङका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस लमजुङ काठमाण्डौं सर्म्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल र तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डेको सिफारिस गरिएको छ ।
क्षेत्र नंं २ बाट समानुपातिकमा डा पर्ूण्ाकान्त अधिकारी, तारानाथ कोइराला, सुशिला घिमिरे, सीता अधिकारी, सानुमाया गुरुङ, भीमबहादुर दुरा, ज्ञानु शाह, शुभनाथ मिश्र, तर्ीथ बहादुर थापा, गोपाल खाती र नवराज न्यौपानेलाई सिफारिस गरिएको छ ।
केन्द्रीय समितिले प्रत्यक्षतर्फतीन जना र समानुपातिक तर्फ५ जनाको नाम सिफारिस गर्न निर्देशन गरे पनि उमेदवारी फिर्ता लिन कसैले नमानेपछि र क्षेत्रीय समितिले समेत यस विषयमा निर्ण्र्ाालिन नसकेपछि मंगलबार दिनभरको छलफलपछि उमेदवारीका लागि आवेदन दिने सबैको नाम सिफारिस गरिएको लमजुङ क्षेत्र न. १ का सचिव लोकनाथ घिमिरेले बताउनुभयो ।
चुनावका लागि उमेदवार छनोटको काम भइरहदा कार्यकर्ताबीच कसलाई उठाउदा ठीक, कसलाई उठाउदा बेठिक भन्ने तर्क वितर्क चलिरहेको छ । सोमबार आयोजित दुवै क्षेत्रको क्षेत्रीय सम्मेलनमा पनि सहभागीबीच यस्तै तर्क वितर्क भएको पाइयो । दुवै क्षेत्रका कार्यकर्ताको भावना उमेदवार चुनाव जित्ने गरी छान्नर्ुपर्छ भन्ने नै थियो । अधिकांश उमेदवारहरुले गत निर्वाचनबाट पाठ सिक्न अनुरोध गरेका थिए । सबैको मनोभावना बुझेर मात्र उमेदवार सिफारिस गर्नुपर्ने कार्यकर्ताको भावना रहेकाले क्षेत्रीय समितिले त्यसकै परिधिभित्र रहेर उमेदवार सिफारिस गर्नेमा सबै आशावादी छन् ।
यता नेकपा एमालेले पनि उमेदवार सिफारिसको क्रमलाई अघि बढाइरहेको छ । बाहिर अरु जस्तो हल्लाखल्ला नभए पनि क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य टुका हमाल, गण्डकी अञ्चल समन्वय समितिका सचिव मायानाथ अधिकारी र पर्ूव जिविस सभापति जमीन्द्रमान घलेमध्ये एकजना उमेदवार हुने पक्का छ । जसले जित्छ, उसैलाई उमेदवार बनाउने एमालेको नीति अनुसार जमीन्द्रमान घलेको सम्भावना बढी रहेको एमाले बृत्तमा चर्चा छ ।
क्षेत्र नं. २ मा यसपाली पनि पृथ्वी सुब्बा गुरुङ एमालेभित्र बलिया देखिएका छन् । पार्टर्ीीे पोलिटब्युरो सदस्य भएका कारण र अघिल्लो निर्वाचनमा जितेका कारण पनि उनको सम्भावना बलियो छ । तर कांग्रेसबाट गमप्रसाद गुरुङ उठेमा एमालेले पृथ्वीसुब्बाको सट्टा गुमानसिंह अर्याललाई उठाउने सम्भावना बढी छ । यद्यपी एमालेभित्र क्षेत्र नं. २ मा केन्द्रीय अध्यक्ष झलनाथ खनालका पिए रामबाबु अधिकारी, केन्द्रीय सर्म्पर्क विभागका सचिव डा भिष्म अधिकारीको चर्चा पनि चलेको छ । तर जानकारहरुका अनुसार पृथ्वीसुब्बा र गुमानसिंह अर्यालबीच एकजना उमेदवार हुने सम्भावना छ । उमेदवार छान्नका लागि नेकपा एमालेले भदौ १९ को तिथि तय गरेको छ । एमाओवादी र राप्रपा नेपालले यस अघि नै उमेदवार छनोट गरिसकेका छन् । यद्यपी नेपाली कांग्रेस, एनेकपा माओवादी र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने भएकाले अरु दलको उमेदवारीले खासै अर्थ नराख्ने बताइन्छ।

No comments:

Post a Comment