scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 25, 2013

राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी लमजुङबाट प्रत्यक्षतर्फा उमेदवारको टुंगो

बेसीशहर, असोज ८
आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी लमजुङबाट प्रत्यक्षतर्फा उमेदवारको टुंगो लगाएको छ ।
अन्य दलहरुबाट को उमेदवार बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको बेला र केही साना पार्टर्ीीले उमेदवार सिफारिस गर्नै नभ्याएको बेला राप्रपाले भने प्रत्यक्षतर्फा उमेदवारको टुंगो लगाएको हो । जस अनुसार लमजुङ क्षेत्र नंं १ बाट हेमजंग गुरुङ र क्षेत्र नंं २ बाट चतर्ुर्भुज घिमिरेले आगामी निर्वाचनमा उमेदवारी दिने हुनुभएको छ । गुरुङ पार्टर्ीीे केन्द्रीय सदस्य र घिमिरे क्षेत्र नं. २ को अध्यक्ष हुनुहुन्छ ।
राप्रपा लमजुङले प्रत्यक्षतर्फक्षेत्र नं. १ बाट गुरुङसहित क्षेत्रीय अध्यक्ष टकबहादुर गुरुङ, पर्ूण्ाकाशी गुरुङ, सुकमान गुरुङ र नरबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो । त्यस्तै क्षेत्र नं. २ बाट चतर्ुर्भुज घिमिरे, चन्द्रप्रसाद गुरुङ, खड्कबहादुर गुरुङ, कमला गुरुङ र कृष्णप्रसाद सिलवालको नाम केन्द्रमा सिफारिस गरेको थियो ।
प्रत्यक्षतर्फा उमेदवारको टुंगो लागे पनि समानुपातिकतर्फा उमेदवारको टुंगो पछि लगाइने बताइएको छ । यद्यपी राप्रपाबाट समानुपातिकतर्फक्षेत्र नं १ बाट ठाकुरप्रसाद गुरुङ, देवीप्रसाद गुरुङ, शंकरबाबु पाण्डे, विन घले र रमेश न्यौपानेको नाम सिफारिसमा परेको छ । क्षेत्र नं. २ बाट विन्दु पहाडी, बालचन्द्र श्रेष्ठ, र छविलाल श्रेष्ठको सिफारिस भएको छ ।
राप्रपा लमजुङले निर्वाचनको तयारीसमेत तीब्र बनाइएको जनाएको छ । यसका लागि गाउ“ गाउ“मा विभिन्न कार्यक्रमहरु गरिएको राप्रपाले जनाएको छ । लमजुङका दुवै क्षेत्रमा आफ्नो पार्टर्ीीे राम्रो संगठन बनेको दावी राप्रपा नेताहरुको छ । आगामी निर्वाचनमा मुख्यगरि क्षेत्र नंं १ मा आफ्नो पार्टर्ीी जित्ने दावी राप्रपाका नेताहरुले बताएका छन् । पार्टर्ीी केन्द्रीय सदस्य हेमजंग गुरुङ विगतदेखि नै लमजुङको राजनीतिमा क्रियाशील हुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा रही काम गरिसक्नुभएका गुरुङले तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा जिविस लमजुङको सभापति भइ काम गरिक्नु भएको छ । उहा“  विभाजनपछि पार्टर्ीीे सहमहामन्त्री पनि हुनुभएको थियो ।

No comments:

Post a Comment