बेसीशहर, असोज ८
संघीय समाजवादी पार्टर्ीीे जिल्ला तदर्थ समिति लमजुङमा पनि गठन भएको छ । सो पार्टर्ीी अध्यक्ष अशोक र्राईको प्रमुख आतिथ्यमा बेसीशहरमा एक विशेष कार्यक्रमबीच पार्टर्ीीे जिल्ला समिति गठन गरिएको हो ।
पृथ्वीमान घलेको अध्यक्षतामा सो पार्टर्ीीे जिल्ला समिति शुक्रबार घोषणा गरिएको हो । सदरमुकाम बेसीसहरमा आयोजित घोषणा सभाबाट लमजुङ कार्यसमिति र युवा संगठनका रुपमा संघिय युवा संघ लमजुङ गठन गरेको छ ।
११ सदस्यीय जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा गंगाबहादुर गुरुङ, गजेन्द्र गुरुङ र सचिवमा बलबहादुर राना चयन हुनुभएको छ ।
तदर्थ समितिका सदस्यहरुमा अमृता चेपाङ, सुरजंग गुरुङ, कुमराज गुरुङ, करण गुरुङ, बलबहादुर गुरुङ र धर्मदेव घले चयन हुनुभएको छ । बा“की सदस्यहरु पछि थप गरिने सो पार्टर्ीी जनाएको छ । यसैगरि सो पार्टर्ीीे भातृसंगठन संघीय युवा संघको पनि गठन भएको छ । विकास गुरुङको अध्यक्षतामा गठित ५३ सदस्यीय समितिको उपाध्यक्षमा टेकजंग गुरुङ, सचिवमा भरत गुरुङ, सहसचिवमा रुपा घले र कोषाध्यक्षमा प्रकाश घले रहनुभएको बताइएको छ ।
No comments:
Post a Comment