बेसीशहर भदौ २५
बेसीशहर- नेपली कांग्रेस जिल्ला कार्य समिति लमजुङको बुधवार सम्पन्न वैठकले मंगलबार दुवै क्षेत्रीय समितिले सिफारिस गरेका ३३ जना सम्भावित उमेदवारहरुको नाम अनुमोदन गरी राय सहित केन्द्रीय समितिमा पठाएको छ ।
सोमबारको दुवै क्षेत्रीय समितिले आगामी संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फा सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको थियो । प्रत्यक्ष तर्फ३ र समानुपातिक तर्फ५ जनाको सिफारिस गर्न केन्द्रीय समितिले निर्देशन गरे पनि उमेदवार बन्न इच्छुक आवेदकहरुले नाम फिर्ता नलिएपछि दुवै क्षेत्रीय समितिले दर्ता भएका सबै नाम जस्ताको तस्तै पठाएको हो ।
क्षेत्रीय समितिको सिफारिसलाई जिल्ला कार्य समितिले का“टछा“ट गर्न नपाउने भएकाले जस्ताको तस्तै सिफारिस गरिएको बताइएको छ । क्षेत्रीय समितिको मंगलबार बसेको वैठकमा प्रत्यक्षतर्फ३ र समानुपातिक तर्फ५ जना मात्र उमेदवार सिफारिस गर्नुपर्ने विषयमा छलफल हु“दा उमेदवारका दावेदारहरुको दवावमा जस्ताको तस्तै सिफारिस गरिएको हो ।
क्षेत्र नंं २ क्षेत्रीय कार्य समितिका एकजना पदाधिकारीका अनुसार वैठकमा प्रत्यक्षतर्फ१ जना मात्रैको सिफारिस गर्ने विषयमा समेत कुरा उठेको थियो । जुन उमेदवारले चुनाव जित्ने सम्भावना बढी छ, उसलाई मात्र सिफारिस गर्नेतर्फछलफल भए पनि केन्द्रको निर्देशन र दरखास्तकर्ताहरुले आफ्नो दरखास्त फिर्ता लिन नमानेपछि जस्ताको तस्तै सिफारिस गरिएको बुझिन आएको छ ।
बुधवार सम्पन्न जिल्ला कार्यसमितिको वैठकमा उमेदवारको सूचिबारे छलफल भए पनि निर्ण्र्ााहुन नसकेपछि सोही नामलाई अनुमोदन गर्दै केन्द्रमा पठाइएको सहभागी जिल्ला कार्य समितिका सदस्य रेशम खड्काले बताउनुभयो । यद्यपी वैठकमा पार्टर्ीीट जसलाई उठाउ“दा जित्न सकिन्छ, उसैलाई उठाउनु पर्ने विषयमा बहस भएको थियो । क्षेत्रीय सम्मेलनमा जस्तै जिल्ला कार्य समितिको वैठकमा पनि सदस्यहरुले खुलेर कुरा राख्न नसकेको बताइन्छ । यद्यपी क्षेत्र नं. २ का ७ वटा गाविसको तर्फाट गमप्रसाद गुरुङलाई प्रत्यक्षतर्फ उमेदवार बनाउनु पर्ने लिखित माग आएको बताइएको छ ।
यद्यपी वैठकमा केन्द्रले जो सुकैलाई पनि उमेदवार बनाएर पठाए पनि उमेदावर बन्न चाहने सबैले सहर्षस्वीकार गर्ने, गुटबन्दी नगर्ने र पार्टर्ीीे उमेदवारलाई पर्ूण्ा रुपमा सहयोग गरी निर्वाचन जिताउने, यदि सहयोग नगरेको पाइएमा कडा कारबाही गर्ने निर्ण्र्ााभएको खड्काले बताउनुभयो ।
सोमबारेको क्षेत्रीय सम्मेलन पछि मंगलबार बसेको क्षेत्रीय समितिको वैठकले क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फनेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति तुलसी नारायण श्रेष्ठ, पर्ूव सभापति शंकरकान्त जोशी, महासमितिका सदस्य डा. टकराज गुरुङ, महासमिति सदस्य डिकेन्द्र राज क“डेल, नेपाल भूतपर्ूव सैनिक संघका पर्ूव महासचिव गर्जबहादुर गुरुङ, पर्ूर्वी लमजुङका हस्ती मानिने खुशीमान गुरुङ र जिल्ला कार्य समितिका पर्ूव उपसभापति गोविन्द राज धितालको नाम सिफारिस गरेको छ ।
समानुपातिक तर्फरश्मी घिमिरे, तरुण दलका पर्ूव महासचिव यमबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि कोपिला विक, हुमनाथ दवाडी, भूपूसैनिक संघका केन्द्रीय सदस्य तथा जिल्ला कार्य समितिका पर्ूव कोषाध्यक्ष क्या. लालबहादुर गुरुङ, पर्ूव जिल्ला पार्टर्ीीभापति तथा सहायकमन्त्री रामचन्द्र अधिकारी र वर्तमान जिल्ला कार्य समितिका सहसचिव विष्णुमाया धितालको नाम सिफारिस गरिएको थियो । समानुपातिक तर्फभिउसिन दमैले समेत दावी गरेपनि उनी क्रियाशील सदस्य नरहेको भन्दै नाम हर्टाईएको थियो ।
त्यसैगरि क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फकेन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, जिल्ला कार्य समितिका सभापति कृष्ण प्रसाद कोइराला, पर्ूव सभापति चन्द्रबहादुर कु“वर, महासमितिका सदस्य गमप्रसाद गुरुङ, तरुण दल लमजुङका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस लमजुङ काठमाण्डौं सर्म्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल र तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डेको सिफारिस गरिएको थियो । त्यस्तै समानुपातिकतर्फशिक्षाविद् डा पर्ूण्ाकान्त अधिकारी, जिउ“दा सहित भनिने तारानाथ कोइराला, सहिदपत्नी सुशिला घिमिरे, महिला संघका पर्ूव सभापति सीता अधिकारी, वर्तमान सभापति सानुमाया गुरुङ, अल्पसंख्यकबाट भीमबहादुर दुरा, महिला संघका केन्द्रीय सदस्य ज्ञानु शाह, प्रजातन्त्र सेनानी संघका अध्यक्ष शुभनाथ मिश्र, सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तर्ीथ बहादुर थापा, दलित संघका जिल्ला अध्यक्ष गोपाल खाती र नवराज न्यौपानेलाई सिफारिस गरिएको छ ।
No comments:
Post a Comment