scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 11, 2013

नेकपा एमाले लमजुङले पनि गर्‍यो आफ्ना उमेदवार सिफारिस

बेसीशहर भदौ २५
नेकपा एमाले लमजुङले आगामी संविधानसभाको निर्वाचनका लागि लमजुङका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फा उमेदवार सिफारिस गरेको छ ।
नेकपा एमाले लमजुङ क्षेत्र नंं १ र २ को छुट्टाछुट्टै वैठकले प्रत्यक्षतर्फा उमेदवार सिफारिस गरेको हो भने जिल्ला कमिटीको वैठकले समानुपातिकका उमेदवार सिफारिस गरेको हो ।
जस अनुसार क्षेत्र नंं १ मा प्रत्यक्षतर्फकेन्द्रीय सदस्य टुका हमाल, जिल्ला कमिटीका अध्यक्ष धनञ्जय दवाडी र पर्ूव अध्यक्ष जमीन्द्रमान घलेको नाम सिफारिस गरिएको छ । 
त्यसैगरि क्षेत्र नं. २ को वैठकले पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, जिल्ला कमिटीका उपाध्यक्ष गुमानसिंह अर्याल र अनेमसंघका जिल्ला अध्यक्ष लक्ष्मी अधिकारीको नाम र्सवसम्मतिले सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटीले भदौ २२ गते पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जानकारी गराएको हो । सो अवसरमा समानुपातिकतर्फक्षेत्र नंं १ मा गण्डकी अञ्चल समन्वय कमिटीका सचिव मायानाथ अधिकारी, अञ्चल कमिटीका सदस्य फूलबहादुर थापा, जिल्ला कमिटीका सचिवालय सदस्यद्वय भीमबहादुर गुरुङ र नन्दराम विक तथा जिल्ला कमिटीका वैकल्पिक सदस्य धनसिं तामाङको नाम सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो ।
त्यसैगरि क्षेत्र नं. २ बाट जिल्ला कमिटीका सचिव एवं क्षेत्रीय संयोजक कृष्णप्रसाद अधिकारी, सर्म्पर्क विशेष समन्वय कमिटीका सचिव भीष्म अधिकारी, अञ्चल समन्वय कमिटीका सदस्य महेन्द्रलाल श्रेष्ठ जिल्ला कमिटीका सचिवालय सदस्य लिलाधर सापकोटा र समावेशीकरण तथा सामाजि सुरक्षा विभागका सदस्य रविन वि.क.को नाम सिफारिस गरिएको दवाडीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्लाको विशिष्ट अवस्थालाई ध्यानमा राख्दै दुरासमुदायतर्फाट जिल्ला कमिटीका सदस्य प्रेम दुरा र महिला क्षेत्रबाट जिल्ला कमिटीका सचिवालय सदस्य यशोदा रिमाललाई समानुपातिक तर्फा थप उमेदवारको लागि विशेष अनुरोध गरिएको जनाकारी दिइयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष दवाडीले आगामी संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै २६१ जनाको निर्वाचन परिचालन कमिटी गठन गरिएको, निर्वाचनका लागि पार्टर्ीीई चन्दादाता तथा सुभेच्छुकहरुबाट हुने आर्थिक सहयोगलाई बैंकमार्फ कारोबार गरी आर्थिक हिसाब पारदर्शी बनाइने जानकारी दिनुभयो ।

No comments:

Post a Comment