खुदी- भदौ १८
लमजुङको सिम्पानी र खुदी गाविसविच भई बग्ने खुदीखोलामा जर्ीण्ा अबस्थामा रहेको झोलुंगे पुल खतरामुक्त नभएको भन्दै सो पुलबाट नहिंडन जिविसले गरेको अनुरोधको अवज्ञा भएको छ । लामो समयदेखि जर्ीण्ा रहेको सो पुल स्थानीय बासीन्दाहरुले सामान्य मर्मत संम्भार गरेर मात्र चालु गराइएकाले जोखिम कायमै छ ।
पुलको संरचना पुरै कमजोर रहेकाले दर्ुघटना हुन सक्ने भन्दै सो पुलबाट आवत जावत नगर्न अनुरोध गरिएको जिविसले जनाएको छ । तर स्थानीयले भने पुल जिर्णोदारका लागि गरिएको अनुरोध जिल्ला विकास समिति र गाउू विकास समितिले नमानेपछि स्थानीयबासीको आफ्नै सक्रियतामा पुलको मर्मत गरिएको बताएका छन् । यसअघि पुल जिर्णोदारका लागि त्यस क्षेत्रबाट आएको डेलिगेसन टोलीलाई जिविसले जिणाद्धार गर्न नसकिने जवाफ दिएको थियो । धेरै पुरानो उक्त पुल प्राविधिक दृष्टिकोणले जिर्णोदार गर्न नमिल्ने देखिएको भन्दै जिविसले पुलमा आवतजावत समेत नगर्न आग्रह गरेको थियो ।
जिविसका एक प्राविधिकका अनुसार ८४ बर्षअघि बनेको सो पुलमा लाग्ने सामानहरु अहिले नेपालमा नपाइने, पुलको जीप समेत भत्कन लागेकाले मर्मत गर्नु बेकार छ । वि.सं. १९८६ सालमा घनपोखराका नरजंग गुरुङ एक्लैको लगानीमा सो पुल बनेको थियो । केही समय अघि पुलमा जडान भएका फलाम खिया लागेर भाूचिएका र लट्ठा समेत खिएर जोखिममा रहेको पुलमा आवत जावत नगर्न प्राविधिकहरुले आग्रह गरेका थिए । तर आवतवजावतमा छिटो हुने भएकाले स्थानीयहरु सो पुलबाट आवतजावत गरिरहेका छन् ।
भरियादेखि मजदुर, विद्यार्थी, शिक्षक, पर्यटक हि“ड्ने सो पुलमा जो कोहीपनि कुनैपनि बेला दर्ुघटनामा पर्नसक्ने खतरा कायमै छ ।
झोलुंगे पुल जर्ीण्ा भए पनि आवतजावतमा छिटो छरितो हुने भएकाले मर्मत गरिएको स्थानीयले बताएका छन् । ँयत्तिको पुल के भत्कला र भनेर मर्मत गरेका हा’ैं- एक स्थानीले बताए । पुल मर्मतका लागि एक लाख २ हजार ३ सय ७५ रुपैयाू“ खर्च भएको तर ७१ हजार १ सय ९५ रुपैया“ मात्र संकलन भएकोले थप रकम कहा“बाट जुटाउने भन्ने चिन्ता परेको खुदीस्थित अमर उमाविका प्राचार्य तर्ीथ बस्नेतले बताउनुभयो । उहा“का अनुसार ३१ हजार १ सय ८० रुपैया“ रकम अझै अपुग रहेको छ । पुल मर्मतका लागि अमर उमाविले ९ हजार, त्यहा“ कार्यरत शिक्षकहरुले ३५ हजार, हिमचुली बोडिङले २ हजार सहयोग गरेका थिए ।
खुदीको तल्लो बजार, भुलभुले, बाहुनडा“डा लगायतको माथिल्लो क्षेत्रका बासिन्दा, अमर उच्च माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई आवतजावतका लागि धेरै घुम्नु पर्ने भएका कारण स्थानियबासीले आफै रकम संकलन गरेर पुल मर्मत गरेका बुझिएको छ ।
No comments:
Post a Comment