scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 11, 2013

लमजुङको अनियमित विद्युतमा स्थानीय प्रशासनको पनि चासो बढ्यो

बेसीशहर भदौ २५
७० मेगावाट क्ष्मताको मध्यमर्स्याङदीसहित विभिन्न साना जलविद्युत आयोजना सञ्चालन भएको लमजुङ जिल्लामा विगत चारमहिनादेखि विद्युत अनियमितता हु“दा सेवाग्राही मर्कामा परिरहेका छन् ।
नेपालकै ठूलोमध्येको एक मध्यमर्स्याङदी जलविद्युत परियोजना सञ्चालन भएपछि विद्युत आपर्ूर्ति नियमित हुने आशा गरिएको भए पनि विद्युत परियोजना निर्माणसंगै पुरानो भौतिक संरचना सुधारमा कतैबाट चासो नदिइदा लमजुङका बासीन्दाहरु विद्युत अनियमितताबाट पीडित भइरहेका छन् ।र्
र्सवसाधारण नागरिक देखि उद्योगधन्दा, बन्दब्यापार सबैलाई विद्युत अनियमितताले समस्यामा पारेको छ । सरकारी कार्यालय र कर्मचारीहरुलाई पनि पटक पटक विद्युत अबरुद्ध हुने समस्याले गा“जेको छ । यसबाट स्थानीय प्रशासन पनि हैरान बनेको छ । यही हैरानीबीच जिल्ला प्रशासन कार्यालय लमजुङले विद्युत अनियमितताबारे सरोकारवाला निकायसंग जवाफ मागेको छ । 
हालै जिल्ला प्रशासन कार्यालयले नेपाल विद्युत प्राधिकरण उदीपुर सबस्टेशन, लमजुङ विद्युत उपभोक्ता समितिलाई बोलाएर पटक पटक विद्युत आपर्ूर्ति अबरुद्ध हुने कारणबारे जवाफ मागेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले दिनहू“ विद्युत आपर्ूर्तिमा अनियमितता हुने गरेको जनगुनासो बढ्न थालेपछि यसको कारण बारे बुझ्न र सुधारका लागि आवश्यक पहलकदमी गर्नका लागि सरोकारवालाहरुसंग छलफल गरिएको बताउनुभयो ।
सो अवसरमा उदीपुर सबस्टेशनका प्रमुख सतेन्द्र कर्ण्र्ाा विद्युत आपर्ूर्ति अनियमित हुनुमा प्राधिकरणको भन्दा लमजुङ विद्युत उपभोक्ता संस्थाको कारण प्रमुख रहेको दावी गर्नुभयो । सबस्टेशनका प्रमुख कर्ण्र्ाा अधिकांश समस्या विद्युत उपभोक्ता संस्थाको कार्यक्षेत्रभित्रको संरचना कमजोर रहेकाले उत्पन्न भएको बताउनुभयो । भदौ १ देखि १५ गतेसम्मको अवधिमा बेसीशहर फिडरमा ६६ पटक र भोटेओडार फिडर २९ पटक विद्युत आपर्ूर्तिमासमस्या आएको उहा“को दावी थियो । प्राधिकरणका कारण पनि समस्या आउने गरेको स्वीकार गर्दै कर्ण्र्ाा प्राविधिक कारणले सिष्टममा खराबी आउ“दा देशभर विद्युत आपर्ूर्ति बन्द हुने समस्याले लमजुङमा पनि समस्या पर्ने उहा“को भनाई      थियो ।
सो अवसरमा लमजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले प्रसारण लाइन र सिउ“डीबारमा जडित ट्रान्सफरमरको क्षमता कम भएकाले पटक पटक विद्युत अनियमित हुने गरेको जानकारी गराउनु भएको थियो । सिउ“डीबारस्थित मध्यमर्स्याङदी जलविद्युत केन्द्रमा जडित ट्रान्सर्फमर जम्मा ५ एमभीएको भएकाले खुदी, सिउरीखोला लगायतका विद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा पठाउन समस्या भएको जानकारी उहा“ले गराउनु भएको थियो ।
खोलामा पर्यप्त पानी भएकाले अहिले खुदी र सिउरीखोलाबाट गरी ९ मेगावाट विद्युत उत्पादन भइरहेको छ । तर कम क्षमताको ट्रान्सर्फमरका कारण दर्ुइ आयोजनाबाट उत्पादित पुरै विद्युत राष्ट्रिय प्रसारण लाइनमा पुग्न सकेको छैन । ३३ केभीएको प्रसारण लाइनबाट जाने विद्युतको भार ट्रान्सर्फमरले थेग्न नसकी आफै टि्रप हुने -एमसिवी झर्ने)  समस्याले लमजुङमा वितरित विद्युतमा समस्या आउने गरेको हो । ५ एमभीको ट्रान्सर्फमरले ५ मेगावाट क्षमता मात्र ग्रहण गर्न सक्ने क्षमता राख्ने भएकाले समस्या उत्पन्न भएको बताइन्छ ।

No comments:

Post a Comment