बेसीशहर- समाजसेवी स्वर्गिय लेखनाथ अधिकारीले आफ्नो जीवनको उत्तर्रार्द्धमा गर्नुभएको प्रतिबद्धतालाई उहा“को मरणोपरान्त परिवारले पुरा गरेका छन् ।
स्वर्गिय अधिकारीले आफै्ने नेतृत्वमा स्थापना गर्नुभएको बेसीशहरको द्वन्द्धपीडित तथा असाहय बालबालिका संरक्षण गृहका लागि आफ्नो आधी अंश प्रदान गर्ने प्रतिबद्धता गर्नुभएकोमा उहा“को जीवनकालमा त्यो सम्भव हुन सकेको थिएन । तर उहा“को निधन भएको केही समयपछि उहा“का परिवारले स्वर्गिय अधिकारीको प्रतिबद्धता अनुसार बालसंरक्षण गृहलाई १० लाख रुपैया“ प्रदान गरेका छन् ।
शनिबार संरक्षण गृहमा आयोजित एक समारोहबीच स्वर्गिय अधिकारीकी धर्मपत्नी विजया र छोरा विनोदले सो रकम संरक्षण गृह सञ्चालन गरिरहेको आदर्श महिला तथा बाल विकास केन्द्रका कार्यबहाक सभापति सानुमाया अधिकारीलाई १० लाख रुपैया“को चेक हस्तान्तरण गर्नुभयो ।
अफ्ना श्रीमानले सामाजिक सेवामा पुर्याउनु भएको उच्च योगदान र उहा“को समाजसेवाप्रतिको र्समर्पण र उहा“को सपनालाई साकार पार्न उहा“ले प्रतिबद्धता जनाए अनुसारको उहा“को आधा अंशबापतको १० लाख रुपैया“ केन्द्रलाई प्रदान गरिएको धर्मपत्नी विजयाले बताउनुभयो ।
केन्द्रले विगत एक दशकदेखि द्वन्द्धपीडित तथा असाहय बालबालिकाहरुलाई केन्द्रमा आश्रय दिने र उनीरुको लालनपालन र शिक्षा दीक्षाको ब्यवस्था मिलाइरहेका छ । संस्थालाई दीगो रुपमा सञ्चालन गर्न एक अक्षयकोषको स्थापना गरिएको छ । १ करोड पुर्याउने लक्ष्यका साथ स्थापना गरिएको अक्षयकोषका लागि संस्थाका संस्थापक तथा कार्यबहाक अध्यक्ष सानुमाया गुरुङले १० लाख१७ हजार एकसयएक रुपैया“ प्रदान गर्नुभएको छ । संस्थाको दीगोपनका लागि स्थापित अक्षयकोषका लागि डा ऋषिराम कोइरालाबाट २ लाख, बेसीशहरका बमबहादुर विश्वकर्माबाट १ लाख ५ हजार ५ सय ५५, धनु पियाबाट १ लाख १ हजार १ सय ११, संरक्षण गृहका सचिव हुमा गुरुङबाट १ लाख १ हजार १ सय ११ प्रदान गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा संस्थाको दीगोपनका लागि स्थापित अक्षय कोषका लागि बेसीशहरका प्रदीप बस्नेतबाट ११ हजार १ सय ११, शारदा चिलुवालबाट १० हजार, मध्यमर्स्याङदी जलविद्युत केन्द्रका कर्मचारीहरुबाट १० हजार १ सय ३३, घनपोखराका बालकाशी गुरुङबाट १० हजार, स्वर्गिय चिजकुमार पिया र लेखनाथ अधिकारीले स्थापना गरको सामाजिक संस्थाबाट ७७ हजार रुपैया“ प्रदान गरिएको थियो ।
संस्थाका कार्यबहाक अध्यक्ष सानुमाया गुरुङको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख अतिथि डा ऋषिराम कोइराला, प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, बालगृहका उपाध्यक्ष हर्रि्रसाद अधिकारीलगायतले बोल्नुभएको थियो ।
No comments:
Post a Comment