बेसीशहर, असोज ८
आगामी संविधानसभाको निर्वाचनका लागि सबै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटिरहेका छन् । यसै क्रममा उमेदवार छनोटको क्रम करिब अन्तिम चरणमा पुग्न लागेको छ । आगामी निर्वाचनका लागि दलहरुले आफ्ना सम्भावित उमेदवारहरुको सूचि आफ्नो पार्टर्ीीे केन्द्रीय समितिमा बुझाइसकेका छन् र केन्द्रीय समितिमा यस विषयमा छलफल भइरहेका छ ।
देशका अधिकांश क्षेत्रमा प्रमुख राजनीतिक दलहरु एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवारहरुबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । मधेसमा मधेस केन्द्रीत दलहरु पनि प्रतिस्पर्धामा रहने देखिन्छ । यर्सथ उमेदवार छनोटको रस्साकस्सी पनि यिनै पार्टर्ीी केन्द्रीय नेताहरुलाई बढि छ । यस बाहेक आफूलाई उमेदवार बनाउन आग्रह गर्दै विभिन्न पार्टर्ीीम्बद्ध उमेदवारहरु केन्द्रीय नेताहरुकोमा दौडधूपमा सक्रिय रहेका छन् । एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबाट सिफारिसमा परेका नेताहरु उमेदवारी दिनका लागि नेताहरुको हरियो झण्डाको पर्खाइमा बसेका छन् । यद्यपी सबै राजनीतिक दलका नेताहरुको घरदेखि कार्यालयसम्म यतिबेला ठूलो भीड जम्मा भउको छ । उमेदवारको सिफारिसमा परेका नेताहरुमात्रै होइनन्, उनीहरुका र्समर्थकहरुको पनि नेताहरुकहा“ त्यतिकै भीड जम्मा हुने गरेको छ ।
लमजुङमा पनि निर्वाचनको माहोल तातेको छ । निर्वाचनको तयारी स्वरुप निर्वाचन अधिकृतको कार्यलय खुलिसकेको छ । दलहरु गाउ“ गाउ“मा पुगेका छन् । निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा आकषिर्त गर्न के कस्ता योजना बनाउने भन्नेमा दलहरु गृहकार्यमा जुटिरहेको छन् भने कुनै दलहरु गाउ“ पसिसकेका छन् ।
निर्वाचनको तयारी एकातिर चलिरहेको छ भने निर्वाचनमा उमेदवारको सिफारिसमा परेका विभिन्न पार्टर्ीी नेताहरु आफ्नो पक्षमा निर्ण्र्ाागराउन दवाव दिने उद्देश्यले राजधानी हानिएका छन् । अहिले प्रायः सबै दलबाट सम्भावित उमेदवारको रुपमा सिफारिस भएकाहरु काठमाण्डौंमा छन् । काठमाण्डौंमा केन्द्रीय नेताहरुकहा“ दौडधूप गरी आफूलाई टिकट दिलाउन भूमिका खेलिरहेका छन् । यो क्रममा नेपाली कांग्रेसबाट सिफारिसमा परेकाहरु सबैभन्दा अघि छन् ।
आगामी निर्वाचनका लागि लमजुङमा एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । यर्सथ यिनै दलका उमेदवारहरु को को बन्लान् भन्ने जिज्ञासा सबैमा उत्पन्न भइरहेको छ ।
समाचार स्रोतहरुका अनुसार एमाओवादीबाट क्षेत्र नं. १ बाट लालबहादुर गुरुङ प्रत्यक्षतर्फाट उमेदवार बन्ने सम्भावना बढेको छ । टिकट पाउने सम्भावना बढी रहे पनि जिल्ला इन्चार्ज देवेन्द्र पराजुलीले पछि हट्ने संकेत देखाएकाले गुरुङको सम्भावना बढेकाको स्रोतको दावी छ । क्षेत्र नं. २ मा अहिलेसम्म पारसमणि पौडेलकै नाम बलियो मानिएको छ ।
नेपाली कांग्रेसभित्र सम्भावित उमेदवारको रुपमा अघिल्लो निर्वाचनकै उमेदवारहरुको नाम चर्चामा आइरहेको भए पनि अघिल्लो निर्वाचनको पराजयबाट पाठ सिक्नु पर्नेमा केन्द्रीय नेताहरुसमेत विश्वस्त भएका बुझिएको छ । जसका कारण क्षेत्र नं. १ मा शंकरकान्त जोशी र क्षेत्र नं. २ मा गमप्रसाद गुरुङको सम्भावना बढेको स्रोतको दावी छ । यद्यपी पार्टर्ीीभापति कृष्ण कोइरालाको क्षेत्र न. २ मा र डा टकराज गुरुङ, गोविन्द धितालको नाम क्षेत्र नं. १ का लागि चर्चामा आइरहेको छ ।
नेकपा एमालेले पनि जित्ने उमेदवारको चयन गर्ने रणनीति अख्तियार गरेकाले क्षेत्र नं. १ मा जमीन्द्रमान घले र क्षेत्र नं. २ मा पृथ्वीसुब्बा गुरुङको सम्भावना बढेको स्रोतले बतायो । घलेलाई क्षेत्र नं. १ मा बलियो उमेदवारको रुपमा चित्रण गरिएको छ । जातीय नाराले काम गरेमा यसपाली इतिहास बनाउने दाउमा एमाले लागेको स्रोत बताउ“छ । यता क्षेत्र नं २ मा एमालेबाट पृथ्वीसुब्बा गुरुङको विकल्प नभएकाले उहा“ नै उमेदवार बन्ने प्रायः निश्चित छ ।
No comments:
Post a Comment