बेसीशहर असोज १५
जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले गत आर्थिक बर्षमा सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको बार्षर्िक समिक्षा गरिएको छ । चार दिनसम्म संचालन भएको समिक्षा गोष्ठीमा कार्यालय अर्न्तर्गतका सबै शाखा र प्राथामिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरुले प्रगति विवरण पेश गरेका थिए ।
समीक्षाका क्रममा कार्यालयबाट सञ्चालन भएका सबै कार्यक्रममा राम्रो प्रगति भएको निष्कर्षनिकालिएको छ । कार्यालयबाट सञ्चालन हुने खोप सेवा तथा प्रसुति गृहमा सुत्केरी गराउने महिलाको संख्यामा अघिल्ला बर्षो तुलनामा उल्लेखनीय रुपले बृद्धि भएको बताइएको थियो । समीक्षा कार्यक्रममा परिवार नियोजन शिर्षमा भने लक्ष्य अनुसार प्रगति हुन नसकेको समक्षाका क्रममा बताइयो । कार्यालयले गत आर्थिक बर्षा जिल्लाभर तीनसय जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य लिएकोमा जम्मा दर्ुइ सय जनाको मात्र बन्ध्याकरण हुन सकेको कार्यक्रममा बताइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्नर् इलाका र जिल्ला स्तरमा उत्कृष्ट ठहरिएका स्वास्थ्य चौकी एवं उप स्वास्थ्य चौकीहरुलाई पनि पुरस्कृत गरेको छ । जस अनुसार र्सर्ुयपाल उपस्वास्थ्य चौकी जिल्लाभरमै प्रथम भई पुरस्कृत भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सुन्दरबजार उपस्वास्थ्य चौकी, भुजुङ उपस्वास्थ्य चौकी र भोर्लेटार स्वस्थ्य चौकीले क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका छन् ।
इलाकास्तरमा चिसंकु स्वास्थ्य चौकीले प्रथम स्थान हात पारेको छ । त्यस्तै धमिलीकुवा उपस्वास्थ्य चौकी द्वितीय, उत्तरकन्या स्वास्थ्य चौकी तृतीय र पुरानो सदरमुकाम कुन्छास्थित कुन्छा स्वास्थ्य चौकीले सान्त्वाना स्थान प्राप्त गर्न सफल भएका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद घिमिरेले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद घिमिरेको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम लगायतको पनि उपस्थिति थियो ।
No comments:
Post a Comment