अहिले दोस्रो संविधानसभा निर्वाचनको तयारी जोडतोडले भइरहेको छ । राजधानी लगायत देशका गाउ“ गाउ“सम्म पनि निर्वाचनको माहोल बन्दैछ । हिजो सम्म निर्वाचन नै हुदैन कि भन्ने परिस्थिति बदलिएर अब चाहि“ निर्वाचन हुने नै भयो क्यारे सम्मको अवस्थामा मुलुक पुगेको छ । र विभिन्न राजनीतिक दलहरु चुनावी तयारीमा जुट्न थालेपछि अबचाहि“ चुनाव हुन्छ भन्ने विश्वास बढ्दै गएको छ । यद्यपी मोहन बैद्य नेतृत्वका नेकपा-माओवादीसहितका केही साना दलहरु अझै पनि निर्वाचनमा जान तयार छैनन् । जे होस् कुनै दुइचारवटा दल सामेल नहुदैमा निर्वाचन नै हुदैन भन्ने पनि होइन । संसारभर यस्ता धेरै उदाहरण छन् जहा“ केही पार्टर्ीीले चुनावमा भाग नलिदैमा चुनाव नभएको होस् । नेपालमा विगत हर्ेर्ने हो भने स्वयं अहिलेको माओवादीले निर्वाचन बहिष्कार गरेको यथार्थ छदैछ ।
अब निर्वाचन भएरै छोड्ने अवस्था आएपछि निर्वाचन जित्न विभिन्न पार्टर्ीी आफ्ना रणनीति बनाइरहेका छन् । सडक, गल्ली, चियापसल, चोक, चौतारामा भेला भएर निर्वाचनको गफ गर्नेहरु बढिरहेका छन् । आ-आफ्नो र्समर्थक दलले निर्वाचन जित्ने, बहुमत ल्याउने अड्कलबाजीहरु भइरहेका छन् । स्वयं राजनीतिक दलका नेताहरु र सम्भावित उमेदवारहरु समेत आफ्नो पार्टर्ीी आफूले जित्ने डम्फू बजाइरहेको सबैले सुनिरहेका छन् । निर्वाचनमा आफूले जित्ने सुनिश्चित भएको भन्दै टिकटका लागि दावी प्रस्तुत गर्ने, केन्द्रका नेताहरुलाई रिझाउन खोज्नेहरु धेरै छन् ।
लमजुङमा पनि चुनाव लागेको आभाष सबैलाई भएको छ । सबैभन्दा पहिलो राप्रपा नेपालले , दोस्रोमा एमाओवादीले आफ्ना उमेदवार सिफारिस गरिसकेका छन् । नेपाली कांग्रेसले तयारी गर्दैछ, सम्भवतः आज भोलि नै यस विषयको टुंगो लाग्ला र एमाले पनि जोडतोडले उमेदवारको सूचि तयार पार्दैछ । मुख्यतः यिनै तीन दलबीच लमजुङमा प्रतिस्पर्धा हुने हो, अघिल्लो निर्वाचनमा पनि भएकै हो ।
तटस्थ भएर भन्नुपर्दा आगामी निर्वाचनमा यही पार्टर्ीी जित्छ भन्ने अवस्था अहिले छैन । किनकी निर्वाचनमा कसले जित्ने कसले हार्ने भन्ने निर्धारण पार्टर्ीी आधारमा हु“दो रहेनछ । अघिल्ला निर्वाचनमा कुनै पार्टर्ीी उमेदवारले जितेको आधारमा पछिल्लो निर्वाचनमा पनि उसैले जित्ने रहेनछ भन्ने अघिल्लो संविधानसभाको निर्वाचनमा पुष्टि भइसकेको छ । अवधिक निर्वाचन नभएको धेरै बर्षभइसकेको र एमाओवादी भर्खर सशस्त्र द्वन्द्धबाट शान्तिपर्ूण्ा राजनीतिमा आएको बेला भएको अघिल्लो निर्वाचनमा एमाओवादीले धेरै सिट ल्याउला भन्ने कल्पना धेरैले गरेका थिएनन् । पछि उ नै ठूलो पार्टर्ीीे रुपमा आयो । यद्यपी एमाओवादीको सीट धेरै आउनुमा जनताले उसलाई रुचाएर, केही राम्रो काम गर्ला, संविधान बनाउला भनेर जनताले हृदयदेखि नै भोट दिएका कारणले होइन । नेपाली कांग्रेस, एमाले लगायतका पार्टर्ीीतिको वितृष्णले पनि कतिपयले मतदाताले एमाओवादीलाई भोट दिएका हुन । त्यतिबेलाको माहोल कस्तो थियो भन्ने कुरा भनिरहनु र लेखिरहनु पर्ने विषय पनि होइन ।
तर अवको अवस्था फरक छ । फोटोसहितको मतदाता परिचयपत्रका आधारमा मात्र अबको निर्वाचनमा मतदान गर्न पाइन्छ । जसका कारण फर्जी मतदान हुने सम्भावना अत्याधिक कम छ । हिजोको निर्वाचनका बेलाको मतदाता नामावलीमा भएका लाखौं नाम अहिले छैनन् । मरेका, विदेश गएका र नावालकहरुको नाम यसपाली समावेश नहुदा चुनाव कसले जित्छ भन्न सकिने अवस्था नै छैन ।
यद्यपी राजनीतिक दलका घोषणापत्र, विगतमा उनीहरुले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, उनीहरुले खडा गर्ने उमेदवार र ती उमेदवारप्रति जनताको आकर्षा र आशा भरोसाको आधारमा अबको निर्वाचनको परिणाम आउने पक्का छ ।
अघिल्लो संविधानसभाको निर्वाचन अघि लमजुङ कांग्रेसको किल्ला थियो । २०६४ चैतपछि त्यो किल्ला भत्कियो र लमजुङ लालकिल्ला भयो भनिएको सुनियो । क्षेत्र नं. १ मा एमाओवादीका बुद्धिराम गुरुङ र क्षेत्र नंं २ मा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले जिते । दुवै क्षेत्रमा कांग्रेस दोस्रो नम्बरमा पर्यो ।
२०१५ सालदेखिको कांग्रेसका किल्ला भत्किदा किल्ला भत्किनुको कारणबारेमा कांग्रेसमा अझै पनि गम्भीर बहस भएका पाइदैन । कारण थाहा पाउनेहरु मौन छन्, बोल्दैनन् । क्षेत्र नं. १ को अवस्था केही फरक थियो, तर २ मा निर्वाचन जित्ने करीब करीब पक्का थियो । तर कांग्रेसले हार ब्यहोर्नु पर्यो । किन त - धेरैलाई थाहा भएको कुरा हो- त्यो हो कमजोर उमेदवार । पार्टर्ीीे केन्द्रीय सदस्य, पार्टर्ीी त्यति धेरै योगदान गरेको, जेल, नेल खाएको र र्सवस्वहरणमा परेको नेता कसरी कमजोर भयो भन्ने प्रश्न उब्जिनु स्वभाविकै हुन जान्छ । तर स्थानीय र राष्ट्रिय परिवेश, क्षेत्रीयता, जातीयता, उमेदवार र मतदाताबीचको सम्बन्ध, ब्यक्तिगत चिनजानले पनि निर्वाचनमा भूमिका खेल्दो रहेछ । हिजो लौरो उठाए पनि कांग्रेसले जित्छ भनिन्थ्यो, तर समय सधैं एकनास हुदैन । उमेदवारले यस अघि त्यो क्षेत्रमा गरेको काम र उमेदवारप्रति मतदाताको भरोसा पनि हुनर्ुपर्छ । त्यो नभएका कारण कांग्रेसले क्षेत्र नंं २ मा निर्वाचन हारेको हो । एकातिर गाउ“ गाउ“मा गएर विभिन्न उद्घाटन, गोष्ठी सभा समारोहमा पुग्ने सरकारको बहालवाला मन्त्री अर्कोतिर कहिल्यै गाउ“ नगएका, आफै जन्मेको गाउ“का मतदातालाई समेत नचिनेका र जनताले पनि नचिनेका नेताबीचको प्रतिस्पर्धा हुदा कांग्रेसको हार पर्ूव निर्धारित थियो ।
क्षेत्र नंं १ का कांग्रेसका तत्कालीन उमेदवार तुलसी नारायण श्रेष्ठ बलियै उमेदवार मानिन्थे । तर त्यहा“ भयो के भने आफ्नै पार्टर्ीी कार्यकर्ताहरुको भोट उनले पाएनन् । किन पाएनन् - त्यसमा के कारण थियो - स्पष्ट छ कांग्रेसभित्रको गुटबन्दी । तुलनात्मक रुपमा क्षेत्र नंं २ का उमेदवार दिलबहादुर र्घर्ती भन्दा उनी बलिया उमेदवार थिए । तर उनले पनि हारब्यहोर्नु पर्यो । पहिलो त उनको हारको प्रमुख कारण आन्तरिक भन्दा बाह्य बढी भएको तथ्य पनि प्रष्ट छ । कतिपय स्थानमा बुथै क्याप्चर भएको पनि सुनियो, कतै मतदाताहरु मतदान स्थलमा पुग्नै नसकेको पनि सुनियो । द्वन्द्धको प्रभावले मतदान स्थलसम्म मतदाताहरु पुग्ने नसकेको, पुग्दा उसको नाममा अर्कैले मत खसालिसकेको पनि देखिएको सुनिएकोले उनको पराजयको कारण थाहा पाउन सकिन्छ । दोस्रो कुरा कतिपयले उनीसंगको ब्यक्तिगत सम्बन्धका कारण, उनको विगतको भूमिकाको कारण उनका आफ्नै मतदाताबाट पनि मत पाउन नसकेको बताउ“छन्, जुन केही हदसम्म यथार्थ पनि हो ।
राजनीतिमा साम, दाम, दण्ड, भेद सबै लागू हुदोरहेछ । अरु पार्टर्ीी ती सबै प्रयोग गरेको देखियो, तर कांग्रेसले त्यसो गरेन त्यस कारण पनि कांग्रेसका हार भयो ।
अब फेरि निर्वाचनका माहोल तातेको छ । उमेदवार छनोटको प्रक्रिया शुरु भएको छ कांग्रेसमा पनि । केन्द्रको निर्देशन अनुसार अहिले दुवै क्षेत्रीय समिति उमेदवार सिफारिस गर्ने कसरतमा छन् । त्यो भन्दा पहिले उमेदवार हुन चाहनेको आवेदन मागिएकोमा आइतबार दुवै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ३४ जनालर्ेर् इच्छा देखाएर क्षेत्रीय समितिमा आवेदन गरेका छन् । क्षेत्रीय समितिहरुले दर्ुइ छुट्टाछुट्टै स्थानमा क्षेत्रीय सम्मेलन गरी क्षेत्रीय प्रतिनिधि र सम्बन्धित गाविसका गाउ“ कार्य समितिका सभापतिहरुको राय सल्लाह लिने काम सोमबार गरेको छ ।
उमेदवार छनोटको अन्तिम टुंगो भने मंगलबार गरिने बताइएको छ । आवश्यक परेमा मतदान गरेर पनि उमेदवार छान्ने कार्यक्रम तय भैसकेको छ । यसका लागि नेताहरु लविङमा उत्रिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन नेताहरु लागिसकेका छन् । क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुले पनि एक प्रकारको मनस्थिति बनाइसकेका छन् । धेरै कार्यकर्ताको भावना कांग्रेसले चुनाव जित्नर्ुपर्छ भन्ने नै छ । उमेदवार को बन्ने भन्ने गौैण कुरा हो तर उमेदवारकै कारण हारजीतको टंुगो लाग्ने भएकाले उमेदवार छनोटमा विवेक पुर्याउनु पर्ने धेरैको मत सुनिएको छ ।
अहिले पनि दुवै क्षेत्रमा पुरानै उमेदवारको चर्चा बढी सुनिन्छ । एकातिर पार्टर्ीी केन्द्रीय सदस्य, अर्कोतिर पार्टर्ीी पर्ूव सभापति । दुवै जना केन्द्रमा पहु“च भएका ब्यक्ति हुन् । क्षेत्रीय समितिबाट दुवैको नाम अन्तिममा मात्रै सिफारिस भयो भने पनि पार्टर्ीीे संसदीय बोर्डले उनीहरुलाई नै उमेदवार तोकेर पठाउने प्रबल सम्भावना रहेको एकाथरि कार्यकर्ताको चिन्ता छ ।
अहिले क्षेत्र नं. २ मा र्घर्तीका अलवा जिल्ला पार्टर्ीीभापति कृष्ण कोइराला, महासमितिका सदस्य गमप्रसाद गुरुङ, पर्ूव सभापति चन्द्रबहादुर कुवर, तरुण दलका अध्यक्ष रमेश पाण्डे, तरुण दल लमजुङका संस्थापक अध्यक्ष लक्ष्मीकान्त पौडेलको दावी छ ।
उता क्षेत्र नंं १ मा तुलसी नारायण श्रेष्ठसहित, पर्ूव पार्टर्ीीभापति शंकरकान्त जोशी, डा. टकराज गुरुङ, पर्ूर्वी लमजुङका कांग्रेस हस्ती खुशीमान गुरुङ, गर्जबहादुर गुरुङ, डिकेन्द्र क“डेल, गोविन्दप्रसाद धिताल र क्षेत्रीय सभापति विष्णुप्रसाद धितालको उमेदवारीका लागि दावी छ प्रत्यक्षतर्फ। समानुपातिकमा दुवै क्षेत्रमा पार्टर्ीी लागि योगदान गरेकाहरुले नै दावी पेश गरेका छन् ।
अहिले कांग्रेसका दुवै क्षेत्रीय समितिलाई धर्मसंकट छ । कसलाई छान्ने, कसलाई नछान्ने भन्ने । एउटालाई सिफरिस गर्दा अर्को रिसाउने, अर्कोलाई छान्दा झन अर्को रिसाउने अवस्था छ । तर यो चुनौतिलाई विवेक पुर्याएर पार गर्नुपर्छ दुवै क्षेत्रीय समितिले ।
सबै भन्दा पहिले त दावी प्रस्तुत गरेका मध्ये कसले चुनाव जित्ने सक्छ - त्यसका आधार के के छन् । पार्टर्ीी लागि उसको भूमिका हिजो कस्तो थियो - भोलिका दिनमा उसले कस्तो योगदान गर्न सक्छ लगायतका यावत विषयमा गहन छलफल गर्नुपर्छ । यसका साथै विपक्षी पार्टर्ीी सम्भावित उमेदवार को को हुन् र उनीहरुकोसंग चुनाव लड्दा कुनचाहिले जित्न सक्छ भन्ने आंकलन हुनर्ुपर्छ ।
एमाओवादीले क्षेत्र न. १ बाट इन्चार्ज देवेन्द्र पराजुलीलाई उठाउन करिब पक्का छ । एमालेले निर्ण्र्ाागरिनसके पनि मायानाथ अधिकारी र जमीन्द्रमान घलेमध्ये एकजनालाई उठाउने पक्का छ । क्षेत्र नं. २ मा एमाओवादीबाट पारसमणि पौडेलको करीब पक्का छ । एमालेबाट फेरि पनि पृथ्वीसुब्बा गुरुङको नाम आउने करीब पक्कै छ । उनलर्ेर् इच्छा नदेखाए मात्र दोस्रोमा गुमानसिंह अर्यालको पालो आउने देखिन्छ । जे होस् दुवै बलिया छन् ।
यस्तो अवस्थामा कांग्रेसले उमेदवार छान्दा विगतलाई पनि ध्यान दिनुपर्ने आवश्यकता छ । क्षेत्र नं. २ मा फेरि पृथ्वीसुब्बा गुरुङ र दीलबहादुर र्घर्तीबीच प्रतिस्पर्धा भयो भने कसले जित्ला - घोत्लिनु पर्ने हुन्छ । क्षेत्र नं. १ मा तुलसी नारायण श्रेष्ठ, देवेन्द्र पराजुली र जमीन्द्रमान घलेबीच प्रतिस्पर्धा भयो भने कसले जित्ला - यता पनि गम्भीर भएर सोच्नै पर्छ ।
कांग्रेसभित्र अहिले उमेदवार बन्न खोज्नेहरु सबैले पार्टर्ीीई थोरबहुत योगदान गरेकै छन् यसमा शंकै छैन । तर योगदानलाई तुलोमा राखेर जोख्दैमा मात्र चुनाव जितिंदो रहेनछ, यो विगतले देखाइसकेको कुरा हो । मेरो कुनै ब्यक्तिसंग ब्यक्तिगत रुपमा रिसइवी केही छैन । सबै मेरालागि समान छन् । क्षेत्र नं. १ बाट उमेदवार बन्न चाहने तुलसी नारायण श्रेष्ठ, शंकरकान्त जोशी, डा. टकराज गुरुङ, गोविन्द धिताल, विष्णु धिताल, डिकेन्द्र क“डेल सबैप्रति मेरो सहानुभूति छ । क्षेत्र नं. २ मा पनि दीलबहादुर र्घर्ती, कृष्ण कोइराला, गमप्रसाद गुरुङ, चन्द्रबहादुर कु“वर, रमेश पाण्डे, र लक्ष्मीकान्त पौडेल सबै ब्यक्तिगत रुपमा राम्रा उमेदवार हुन् । अहिल यी राम्रा मध्ये सबै भन्दा राम्रा, सबै भन्दा बलिया र कार्यकर्ता, मतदाताको भरोसा जित्न सक्ने उमेदवार रोज्नु आवश्यक छ ।
अहिले एमालेले जो उमेदवार बन्दा जित्ने सम्भावना छ, उसैलाई उठाउने रणनीति अख्तियार गरेको छ । एमाओवादीले अघिल्लो निर्वाचन भन्दा फरक रणनीति अपनाएको छ । तर्सथ नेपाली कांग्रेसले पनि आफ्नो रणनीतिमा पुनर्विचार गर्नैपर्छ भन्ने मलाई लाग्छ ।
क्षेत्र नं. २ मा एमालेका सम्भावित बलिया उमेदवार पृथ्वी सुब्बा गुरुङले अघिल्लो निर्वाचनमा पनि गमप्रसाद गुरुङलाई निर्वाचनमा प्रत्यक्षतर्फनउठ्न आग्रह गरेको कुरा निकै चर्चामा थियो । र अहिले पनि उनीबाट त्यस्तै आग्रह भएको कुरा आएको छ । यसबाट के बुझ्न सकिन्छ भने पृथ्वीसुब्बा गुरुङको ठाउ“मा गमप्रसाद उठ्दा पृथ्वीसुब्बाले चुनाव हार्ने सम्भावना बढ्दो रहेछ । अथवा कृष्ण कोइरालाले नै पृथ्वीसुब्बालाई हराउन सक्छन् भन्ने ग्यारेन्टी भए यसतर्फविचार गरौं भन्ने मेरो आग्रह हो । क्षेत्र नं. २ मा अघिल्लो निर्वाचनमा पराजित भएका तुलसी नारायण श्रेष्ठलाई अहिले समानुपातिकमा राखौं । पार्टर्ीी लागि योगदान गरेका शंकरकान्त जोशीलाई प्रत्यक्षमा अघि बढाए चुनाव जित्न सकिन्छ कि - होइन उनी भन्दा अर्का बलिया उमेदवार छन् भने पनि खोजौं । जमीन्द्रमान घले उठेमा उनलाई टक्कार टकराज गुरुङले दिन सक्छन् भने पनि त्यसतर्फसोचौं भन्ने मेरो मत हो ।
यी कुराहरु लेखिरह“दा मलाई केही कांग्रेसकै नेताहरुले हप्काएको याद आइरहेको छ । उनीहरुको आरोप मलाई के छ भने मैले कुनै ब्यक्ति उचालें रे । तर कसैको नाम लिएर चुनाव जित्ने सम्भावना बढी छ भन्नु मेरो गल्ती हो भने त्यो म सहर्षस्वीकार गर्छर्ुु आगामी निर्वाचनमा कांग्रेसले दुवै क्षेत्र जितोस् भन्ने मात्र मेरो कामना हो । हुनत कांग्रेसमा सच्चा मनले पार्टर्ीीे हित चाहनेलाई सधैं यस्तै आरोप लागिरहन्छ । म माथि लाग्नु पनि अस्वभाविक ठानेको छैन मैले ।
अहिलेको चिन्ता भनेको निर्वाचन जित्ने हार्ने मात्र होइन । चिरकालसम्म लमजुङलाई कांग्रेसको किल्ला बनाउनु हुनर्ुपर्छ भन्ने मलाई लाग्छ । यसका लागि कांग्रेस एकढिक्का हुनर्ुपर्छ । आपसी बेमेल, खुट्टा तान्ने प्रबृत्ति र गुटबन्दीको अन्त्य हुनर्ुपर्छ । तब मात्र उहिल्यै भने जस्तो लमजुङमा कांग्रेसले लौरो उठाए पनि चुनाव जित्ने वातावरणको सृजना हुन्छ । आपसी कटुताको अन्त्य गरेर, नेताहरुबीच भातृत्व, भगिनित्व, सद्भाव, विश्वास र भरोसा कायम नभै कांग्रेसको हित हुदैन भन्ने विषयमा अब नसोचे कहिले सोच्ने -
पार्टर्ीीई दुवै क्षेत्रमा जिताउन गुटबन्दीको अन्त्यलाई पहिलो शर्त बनाएर केही कार्यकर्ताहरुले एउटा अभियान चलाइरहेका छन् अहिले । यो अभियान देशभरको हो । लमजुङमा पनि पार्टर्ीीे जीत चाहनेहरुले चलाएको अभियानलाई साथ दिनु त कता हो कता उनीहरुलाई उल्टै गाली गरिदैं छ रे, सिध्याउने धम्की दिइदै छ रे भन्ने पनि सुनिएको छ । यदि नेतृत्वतहबाटै यस्ता कुरा आएका हुन् भने उनीहरु आफैं सिद्धिन्छन् पार्टर्ीीई माया गर्नेहरु, पार्टर्ीीे हित चाहनेहरुको नराम्रो हुदैन । सच्चा कार्यकर्ताले उनीहरुलाई साथ अवश्य दिन्छन् ।
नेपाली कांग्रेसभित्र केन्द्रदेखि जिल्लासम्म नेताहरुबीच भावनात्मक एकता हुदो हो त कांग्रेस अघिल्लो निर्वाचनमा पनि पहिलो नम्बरमा आउन सक्थ्यो । दर्ुभाग्य त्यतिबेला त्यसो हुन सकेन । अब पनि कांग्रेसका नेताहरुको बुद्धि नफिर्ने हो भने भोलिका दिन अरु कठीन बन्ने छन् । केन्द्रदेखि नै पार्टर्ीी मजबुत गराउने हो भने सभापति सुशिल कोइरालालाई भावी राष्ट्रपति बनाउन आजैदेखि तयारी गर्नुपर्छ । त्यागी नेताको उपमा बनाएका कोइरालाको अघिपछि न श्रीमति छन्, न छोराछोरी नै । उनलाई राष्ट्रपति, वरीष्ठ नेता शेरबहादुर देउवालाई पार्टर्ीीभापति र उपसभापति रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा सबै नेता कार्यकर्ताले स्वीकार गर्ने हो र त्यसै अनुरुप अघि बढ्ने हो भने नेपाली कांग्रेसको एकता मजबुत हुन सक्छ । कार्यकर्ताको भावना सम्बोधन हुन सक्छ र देशले पनि निकास पाउन सक्छ । अनि मात्र कांग्रेसले देशको हितमा र जनताको हितमा काम गर्न सक्छ । कांग्रेसलाई उछिन्ने कुनै दल हुदैन ।
No comments:
Post a Comment