scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, September 11, 2013

वीपीका विचार आज पनि उत्तिकै सान्दर्भिक

बेसीशहर भदौ २५र्
वर्तमान राजनीतिक परिवेशबाट देशलाई मुक्त पार्न, संविधान निर्माण गरी देशलाई निकास दिनका लागि स्वर्गिय जननायक वी.पी. कोइरालाको विचारलाई मार्गदर्शनको रुपमा लिनुपर्ने बेसीशहरमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाली राजनीतिमा आफ्नो विशिष्ट छवी बनाउन सफल नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय जननायक वी.पी कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा बेसीशहरमा आयोजित विचार गोष्ठीका सहभागीहरुले आज पनि वी.पी.का आदर्श र सिद्धान्त, उहा“ले अंगाल्नु भएको राष्ट्रिय मेलमिलाको नीति सान्दर्भिक रहेको भन्दै वी.पी.कै अनुसरण गर्न सके देशमा विद्यमान समस्या हल गर्न सकिने बताए ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला कार्य समितिका सचिव आनन्द घिमिरे, सदस्यहरु मखन गुरुङ, पार्वती तामाङ, सीता अधिकारी, प्रजातन्त्र सेनानी संघका अध्यक्ष शुभनाथ मिश्र, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष बाबुराम पौडेल, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्ष गणेशप्रसाद नेउपाने, भूपूसैनिक संघ लमजुङका अध्यक्ष एवं बेसीशहर गाउ“ कार्य समितिका सभापति नारायण सुयल, सिम्पानी गाउ“ कार्य समितिका सभापति टिकाराम पौडेल, नेपाल विद्यार्थी संघ क्षेत्र नं. २ का उपाध्यक्ष गोविन्द केसी लगायतका वक्ताहरुले स्वर्गिय कोइरालाको ब्यक्तित्व र जीवनीबारे प्रकास पार्नु भएको थियो ।
प्रजातान्त्रिक समाजवादको पर््रवर्तक स्वर्गिय वी.पी. कोइराला १९७१ भदौ २४ गते जन्मनु भएको थियो । कोइराला एक क्रान्तिकारी र लोकप्रिय नेता हुनुहुन्थ्यो । २००७ सालको जहानिया राणा शासनको विरुद्ध भएको क्रान्तिको मुख्य नेतृत्व गर्नुभएका कोइरालाले भारतीय स्वतन्त्रता संग्राममा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । २०१५ सालमा भएको नेपालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दर्ुइ तिहाई सिटमा विजय हासिल गरेपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । त्यतिबेलाको समयमा पनि क्रान्तिकारी भूमिसुधार, सामन्तवादको अन्त्यका लागि उहा“ले गर्नुभएको कामलाई आज पर्यन्त सरहना गरिन्छ । तत्कालीन समयमा चीनले आफ्नो दावी गर्दै आएको सगरमाथालाई नेपालकै बनाउन उहा“ले गर्नुभएको कुटनीतिक प्रयासलाई नेपालीहरुले कहिल्यै भुल्दैनन् । भारत र चीनसंग समदुरी कायम गरी दुवै मित्रराष्ट्रहरुसंगको सन्तुलनक कायम राख्ने काम वीपीले गर्नुभएको थियो ।
वीपीको लोकप्रियताले डराएका तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते सैनिक बलले प्रजातन्त्र अपहरण गरी पञ्चायती ब्यवस्था लादेका थिए र वीपीलाई लगायतार ८ बर्षम्म जेलमा राखेका थिए । ८ बर्षो जेल सजाय पछि वीपी भारत निर्वासित हुनुभयो । २०३३ सालमा तत्कालीन पञ्चायती ब्यवस्थाले सुनाएको फा“सीको सजाय वेवास्ता गर्दै राष्ट्रियता संकटमा परेको भन्दै उहा“ राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश र्फकनुभएको थियो । नेपाल र नेपालीका  लागि लड्दा लड्दै क्यान्सर रोगबाट ग्रस्त भएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
२०१५ सालमा जननिर्वाचित प्रधानमन्त्री भएपछि योजना आयोगको कार्यालयमा रहेको तत्कालीन राजाको तस्वीरको ठाउ“मा हलो जोतिरहेको गरिब किसानको तस्वीर राख्न लगाई कोइरालाले सोही किसानलाई हेरेर योजना बनाउन आग्रह गर्नुभएको थियो । उहा“ भन्नुहुन्थ्यो- ँसबै नेपालीको एउटा घर होस्, खान पुग्ने खेतवारी होस्, एउटा दुहुनो गाई होस्, बालबालिकालाई राम्रो शिक्षा पाउन्, नेपालको सर्न्दर्भमा यही नै समाजवाद हो ।’ वीपीले परिकल्पना गरेको यही समाजवादलाई पछि गएर प्रजातान्त्रिक समाजवाद भनियो । आज पनि कांग्रेसका नेताहरु आफूहरु यही विचारमा अघि बढीरहेको बताउ“छन् । तर कतिपयले भने कांग्रेसले  वीपीको समाजवादलाई विस्तारै छोड्दै गएको आरोप लगाइरहेका छन् ।
प्रजातान्त्रिक समाजवादका विश्लेषकहरुका अनुसार अहिले कम्युनिष्टहरुले भन्ने गरेको साम्यवादमा प्रजातन्त्र थपिदिए त्यो समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिए त्यो साम्यवाद हुन्छ ।

1 comment:

  1. प्रिय पाठक
    यस ब्लगमा प्रकाशित भएका सामग्रीहरु तपइँलाई कस्तो लाग्छन्, कृपया आफ्नो कमेण्ट राख्न नभुल्नु होला, धन्यवाद । सम्पादक

    ReplyDelete