बेसीशहर असोज १५
सुन्दरबजारमा रहेको लमजुङ कृष िक्याम्पसमा गत असोज ९ गते राती भएको विद्यार्थीहरुबीचको झडपले बिहीबार सुन्दरबजार दिनभर तनावग्रस्त भयो । बेलुका नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच भएको सामान्य विवादलाई निहू बनाएर बुधवार राती सुतिरहेको अवस्थामा अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गरेपछि झडप भएको थियो । झडपका क्रममा दुवैपक्षका १० विद्यार्थी घाइते भएका थिए ।
अखिल क्रान्तिकारीका विद्यार्थीहरुले राती २ बजेतिर आक्रमण गर्दा नेविसंघका ५ जना विद्यार्थी गम्भीर र्घर्ााते भए पछि उनीहरुलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । क्रान्तिकारीतर्फघाइते भएका ४ जना विद्यार्थी सामान्य उपचारपछि क्याम्पसमा फर्केका बताइएको छ ।
अखिल क्रान्तिकारीका विदार्थीबाट कुटिनेमा नेविसंघ लमजुङ कृष िक्याम्पस इकाई सभापति प्रदीपराज पौडेलसहित दीपेन्द्र अर्याल, मेघराज पौडेल, हरिष भुजु र मुक्ति चालिसेलाई उपचार्रार्थ काठमाडौ“को न्यूरो अस्पतालमा पठाइएको हो ।
क्रान्तिकारीतर्फराजन पौडेल, विष्णु अधिकारी, सारोज खड्का र दीपेन् ढकाल सामान्य घाइते भएको जनाइएको छ । बुधवार राती १० बजेतिर नेविसंघका विद्यार्थीले क्याम्पस बाहिरबाट अन्य ब्यक्तिहरु ल्याएर छात्रवासमा रहेका आफ्ना कार्यकर्तामाथि धारिलो हतियार प्रयोग गरि आक्रमण गरेको आरोप अखिल क्रान्तिकारीको छ । नेविसंघका विद्यार्थीहरुले भने बेलुकी १० बजेतिर क्रान्तिकारीका विद्यार्थीहरुसंग सामान्य विवाद भइ टुंगिएको तर राती २ बजे सुतिरहेको अवस्थामा आक्रमण गरिएको दावी गरेको छ ।
रातीको झडपपछि असुरक्षा बढेको भन्दै क्याम्पस प्रशासनले बिहीबार दिनभर क्याम्पसमा प्रहरी खटाएको थियो । सोही दिन आफ्ना विद्यार्थीमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न दवाव दिने उद्देश्यले नेविसंघले लमजुङ बन्द गराएको थियो । बन्दको प्रभाव यातायात, शिक्षण संस्था, बजार आदिमा परेको थियो ।
बन्दकै क्रममा सुन्दरबजारमा नेविसंघले जुलुस निकालेको थियो । जुलुसले नारावाजी गरी क्याम्पस अगाडि पर््रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपको प्रतिकारमा विद्यार्थीहरु उत्रिएपछि प्रहरीले केही राउण्ड अश्रुग्या“स समेत छोडेको थियो ।
यसैबीच सुन्दरबजारस्थित कृषि क्यामपसको घटनालाई लिएर नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्ट्र्रै विज्ञप्तीमार्फ घटनाको भर्त्सना गरेका छन् । नेविसंघले सुतिरहेका विद्यार्थीमाथि भएको आक्रमणलाई कायरताको पराकाष्ठा भन्दै घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ । नेविसंघले उनीहरुमाथि कारबाही नभए हिसाबकिताब आफै चुक्ता गर्ने चेतावनी पनि दिएको छ ।
यता क्रान्तिकारीले पनि विज्ञप्तीमार्फ समस्या समाधानका लागि वार्ता र सम्बादको आवश्यकता औंल्याएको छ । घटनामा कांग्रेसका कार्यकर्ताको समेत हात रहेको भन्दै क्रान्तिकारीले क्याम्पसको वातावरण विगार्ने, खानेपानीको पाइप काट्ने, मादक पदार्थ सेवन गरी विद्यार्थीहरुमाथि कुटपीट गर्ने क्रियाकलाप बन्द नभएमा संर्घष्ामा उत्रन बाध्य हुने जनाएको छ ।
No comments:
Post a Comment