सुन्दरबजार- असोज १५
लमजुङको सदरमुकाम बेसीशहरजस्तै प्रमुख ब्यापारिक केन्द्र सुन्दरबजारमा पनि छ्यापछ्याप्ती म्याद गुज्रिएका गुणस्तरहीन सामानको विक्री वितरण हुने गरेको पाइएको छ ।
त्यस्तै सुन्दरबजारमा कतिपय स्वास्थ्यसंस्थाहरु समेत सरकारी अनुमति नलिइकन सञ्चालनमा आएको पाइएको छ । जिल्ला अनुगमन समितिले हालै सुन्दरबजारमा गरेको अनुगमनका क्रममा सुन्दरबजारमा सञ्चालित दर्ुइ वटा पोलि क्लिनिक र एउटा फार्मेसी अनुमति बेगर सञ्चालनमा आएको पाइएपछि अनुगमन समितिले बन्द गराएको छ । अनुमति लिएर सञ्चालन गर्न यस अघि स्थानीय प्रशासनले दिएको सुझाव वेवास्ता गरेपछि ती स्वास्थ्य संस्थाहरु बन्द गराउन अनुगमन समिति बाध्य भएको हो । सन्दरबजारको वडा नंं २ खत्रीठा“टीको सुन्दरबजार पोलि क्लिनिक, सोही स्थानको नाम नभएको एक फार्मेसी र सुन्दरबजार मिलनटोलमा रहेको लालीगुरा“स पोलिक्लिनिक अनुमति बेगर सञ्चालन भएकोले बन्द गराइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनमा जिल्ला प्रशासन, जनस्वास्थ्य, घरेलु तथा साना उद्योग विकास समिति र उपभोक्ता अधिकारबादी संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विना अनुमति सञ्चालनमा आएका यी पोलि क्लिनिक तथा फार्मेसीलाई एक महिना अघि अनुमति लिएर मात्र सञ्चालनमा ल्याउन सल्लाह दिइएको थियो । तर महिनादिन पछि गरिएको अनुगमन सम्म पनि अनुमति नलिएपछि बन्द गरिएको हो ।
यसैगरि भोटेओडारमा सञ्चालन भइरहेको कर्मदा अस्पताल पनि अनुमति विना नै सञ्चालन भइरहेको पाइएको छ । अनुगमन टोलीले सो अस्पताललाई अनुमति लिएर सञ्चालन गर्न चेतावनी दिएको छ । झण्डै एक दशकदेखि विभिन्न नाममा सो अस्पताल सञ्चालन हुदै आएको छ । सो अस्पताल अनुमति लिने क्रममा रहेको पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयको पत्रको आधारमा हाललाई कारबाही नगरिएको बुझिएको छ । सो अस्पतालार्य आवश्यक प्रक्रिया पुरा गर्न असोज महिनासम्मको समय दिइएको छ ।
भोटेओडार तथा सुन्दरबजार क्षेत्रका अधिकांस औषधी पसलहरु पनि प्रक्रिया नै नपुर्याई सञ्चालन गरिएको पाइएको छ । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा काम गर्ने संघसंस्थाहरु विना इजाजत गैरकानुनी ढंगले सञ्चालन भइरहेको पाइएपछि अनुगमन समितिले कडाइ गरेको हो । कतिपय औषधी पसलहरुमा म्याद गुज्रिएको औषधी समेत भेटीएको थियो । कतै एउटाको नामको संस्था अर्कैले सञ्चालन गरिरहेको समेत भेटिएको छ ।
अनुगमन टोलीले सुन्दरबजार र भोटेओडारका खाद्य सामग्री बिक्री गर्ने पसलहरुमा समेत अुनगमन गरेको थियो । सो क्रममा कतिपय पसलहरुमा कीरा परेका खाद्यसामग्रीहरु विक्रीका लागि राखिएको पाइएको छ । त्यस्तै कुनै पसलहरुमा २ बर्षअगावै म्याद सकिएका खाद्यवस्तु समेत विक्रीका लागि राखिएको भेटिएपछि अनुगमन अधिकारीसहितको टोलीनै आवाक भएको थियो ।
यतिसम्मकी छड सिमेण्ट विक्री गर्ने हार्डवेयर पसलमा समेत औषधी भन्दै अज्ञात वस्तुको विक्री भइरहेको पाइएको छ । सुराकीका आधारमा अनुगमन टोलीकै एक सदस्य सुन्दरबजारको मिलनचोकस्थित हार्डवेयर पसलमा औषधी माग्दै पुगेका थिए । ब्यापारीले औषधी विक्रीका लागि देखाएपछि अनुगमन टोलीले पसलमा छापा मारी सो अज्ञात वस्तु जफत गरेको थियो । कागजको पोकामा सेतो धुलो जस्तो वस्तुको पहिचानका लागि सम्बन्धितट ठाउ“मा पठाइएको छ ।
जीवनसंग जोडिएको स्वास्थ्य क्षेत्रमा लापार्वाहीको र्सवत्र भर्त्सना भइरहेको छ । पैसा कमाउनका यस्तो मनलाग्दी गर्नेलाई कडा कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । प्रशासनले विगतमा पनि अनुगमन गर्ने गरे पनि अनुगमनमा भेटिएका साना तथा जघन्य गल्ती कमजोरीलाई सामान्य ढंगले हेरिदि“दा अहिलेको समस्या उत्पन्न भएको बताइन्छ । उपभोक्ताहरु पनि सचेत नहुदा यस्तो प्रबृति मौलाउन मद्दत पुगेको छ । खाद्यपदार्थको गुणस्तर र म्याद गुज्रिएको/नगुज्रिएको बारे ख्याल नगर्दा उपभोक्ताहरु ठगिएका मात्र छैनन्, उनीहरुको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ ।
No comments:
Post a Comment