scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, October 1, 2013

प्राविधिक ज्ञान सेवा कार्यक्रम अर्न्तगत जिल्ला स्तरीय समन्वयात्मक बैठक सम्पन्न

बेसीशहर असोज १५
प्राविधिक ज्ञान सेवा कार्यक्रम अर्न्तगत जिल्ला स्तरीय समन्वयात्मक बैठक आइतबार वेसीशहरमा सम्पन्न भएको छ । 
जिल्ला स्थित विभिन्न सेवाप्रदायक कार्यलयका प्रमुख, प्राक्टिकल एक्सनका पदाधिकारी, सञ्चारकर्मी, सामुदायिक पुस्ताकलयका सञ्चालक समितिका पदाधिकारीको उपस्थितमा भएको बैठकले लक्ष्मीनारायण पुस्तकालयका अध्यक्ष गणेशप्रसाद न्यौपानेको संयोजकत्वमा १३ सदस्यीय प्राविधिक ज्ञान व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यलयका एक जना प्रतिनिधि, जिल्ला शिक्षा कार्यलयका प्रमुख, जनस्वास्थय अधिकृत, पशुसेवा कार्यलयका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत, महिला तथा बालबालिका कार्यलयका प्रमुख, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख, बार एशोसियशनका अध्यक्ष, जिविसका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, रेडक्रस सोसाइटीका एक जना प्रतिनिधि सदस्य रहने ब्यवस्था गरिएको छ । साथै प्राविधिक ज्ञान सेवाका सामाजिक परिचालिका लक्ष्मी रिमाल सदस्य संचिव रहने गरि समिति गठन गरिएको हो । 
प्राक्टिकल एक्सन नेपाल र रिड नेपालको सहयोगमा लक्ष्मीनारायण सामुदायिक पुस्तकलय मार्फ सञ्चालित कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न छलफल गर्न तथा ज्ञान व्यवस्थापन समिति गठन गर्ने उदेश्यका साथ बसेको बैठकमा रिड नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत दर्ुगेशकुमार योगीले प्राविधिक ज्ञान सेवाको उदेश्य तथा यस कार्यक्रमले समुदायमा पार्ने प्रभावका बारेमा तथा पुस्तकालयका अध्यक्ष गणेशप्रसाद न्यौपानेले प्राविधिक ज्ञान सेवा कार्यक्रम अर्न्तगत लमजुङमा भएको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।   प्राविधिक ज्ञान सेवा समुदायका हरेक घरघरमा पुगेर मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि सम्बन्धि ज्ञान, कानुन र मानव अधिकार तथा व्यक्तिका अन्य विभिन्न जिज्ञासालाई संकलन गरेर समाधान गर्ने कार्यक्रम हो । यो कार्यक्रम हाल लमजुङ जिल्लाका तीन गाविस वेसीशहर, चण्डिस्थान र गाउ“शहर गाविसमा सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा उपस्थित सरकारी सेवा प्रदायक कार्यलयका प्रमुखहरुले आगामी दिनमा प्राविधिक ज्ञान सेवा सञ्चालन गर्नको लागि आवश्यक सहयोग गर्ने र समन्वयमा कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । 

No comments:

Post a Comment