बेसीशहर असोज १५
कृषि विकास बैंक बेसीशहरले सबै प्रकारका बंैकिंग कारोबार सञ्चालन गरेलगत्तै अब सुनचा“दी कर्जा पनि शुरु गरेको छ ।
ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै सुनचा“ची धितो कर्जा शुरु गरिएको बैंकले जनाएको छ । विगतमा कृषि क्षेत्रमा मात्र आफ्नो कारोबार केन्द्रीत गरेको सो बैंकले केही बर्षता अन्य बाणिज्य बैंक सरह विभिन्न कर्जा प्रवाह गर्न थालेको थियो । अबदेखि सुनचा“दी कर्जा समेत शुरु भएपछि अब कृषि विकास बैंक पर्ूण्ा रुपमा बाणिज्य बैंक बनेको बताइएको छ ।
यद्यपी कृषि विकास बैंकले कृषि क्षेत्र कर्जालाई प्राथामिकता दिने बताएको छ । सो बैंकले किसानहरुलाई ब्यावसायीक तरकारी खेती, कुखुरापालन, पशुपालन ब्यवसायमा कर्जा प्रवाह गरी नै रहने बताएको छ ।
सो बैंकले कृषि, पर्यटन, बाणिज्य, उद्योगधन्दा, कलकारखानाका लागि समेत कर्जा प्रवाह गर्दै आएको छ । अन्य बाणिज्य बैंक सरह प्रतिस्पर्धी बन्न बैंकले कम्प्युटर प्रणाली अपनाइसकेको छ भने बैंकको कार्यालय भवन समेत ब्यवस्थित गरेको छ । सो बैंकले गत आर्थिक बर्षा २ करोड ७० लाख रुपैया“ नाफा गरेको थियो ।
No comments:
Post a Comment