scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, October 1, 2013

गाउ“शहरलाई जिल्लाकै नमुना गाउ बनाउन स्थानीयहरु कस्सिए

बेसीशहर असोज १५
ऐतिहासिक, धार्मिक,  सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपर्ूण्ा मानिएको गाउ“शहरलाई जिल्लाकै नमुना गाउ“ बनाउन यहा“का स्थानीयहरु कस्सिएका छन् । ९ वटै वडाको आफ्नो छुट्टै विशिष्ट पहिचान रहेको गाउ“शहरका बासीन्दाहरु पछिल्लो समय आफ्नो गाउ“ टोलको विकासका लागि चिन्तित रहेको पाइएको छ । गाउ“लाई सुन्दर सफा बनाउने मात्र होइन, नामुना कामको शुरुवात गर्न थालेका छन् । गाउ“शहरलाई नमुना बनाएर त्यस क्षेत्रलाई नै देश विदेशमा चिनाउन गएको चैतेदशैंदेखि महोत्सव शुरु भएको थियो ।
यसै सर्न्दर्भमा गाउ“शहरको वडा नं. ८ नरुवालका बासीन्दा पनि गाउ“को छुट्टै पहिचान बनाउन जर्ुर्मुराएका छन् । गाउ“शहरको घनाबस्तीमध्ये एक रहेको सो वडाबासीहरुले सांस्कृतिक र कृषि पर्यटनको केन्द्रको रुपमा गाउ“को परिचय बनाउने अभियान चलाएका छन् । यस अघि नै होमस्टे सञ्चालन गरी पर्यटनको क्षेत्रमा नरुवाल अघि बढिसकेको छ । त्यस्तै नमुना कृषि र्फम, ब्यवसायीक तरकारी खेतीको शुरुवात पनि भइसकेको छ । कृषि र पर्यटनलाई जोडेर गाउ“को उन्नति गर्ने सर्न्दर्भमा शनिबार गाउ“मा एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । गाउ“लाई नमुना बनाउने विषयमा अन्तरक्रियामा छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारी, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम, नेपाली कांग्रेसका जिल्ला सचिव आनन्द घिमिरे, नेकपा एमालेका जिल्ला सदस्य राजेन्द्र बोहरा, एमाओवादी बेसीशहरका अध्यक्ष भुपाल दनाई, नेकपा माओवादीका विजय गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, डिएसपी गोरखसिंह भण्डारी, निमित्त कृषि विकास अधिकृत गुनबहादुर थापा, योजना अधिकृत विकास पौडेल, बेसीशहर नगर विकास समितिका अध्यक्ष जीवन कुमार श्रेष्ठ, गाउ“शहर गाविसका सचिव भेषबहादुर राना लगायतले गाउ“लाई नमुना बनाउने विषयमा आफ्ना सुझाव दिनुभएको थियो ।

No comments:

Post a Comment