बेसीशहर असोज १५
नेकपा- माओवादी लमजुङले आगामी मंसिर ४ गते हुने भनिएको संविधानसभा निर्वाचनको पर्ूव सन्ध्यामा जिल्ला निर्वाचन अधिकारीलाई राष्ट्रिय सहमतिको लागि सकरात्मक भूमिका निर्वाह गर्न सचेत गराएका छ ।
३३ दलीय संयन्त्रको तर्फाट नेकपा-माओवादीले निर्वाचन अधिकारीलाई दिएको सचेतता पत्रमा राष्ट्रिय सहमति नहुदासम्म संविधानसभाको निर्वाचन स्थगन गरी राष्ट्रिय सहमतिको आधारमा निर्वाचन सम्पन्न गरौं भन्ने संयन्त्रको ४ बु“दे प्रस्तावलाई चारदलका नेताहरुले अस्वीकार गरी द्वन्द्ध निम्त्याउन खोजेकाले राष्ट्रिय सहमतिका लागि सकरात्मक भूमिका निर्वाह गर्न सचेत गरिएको छ । सचेततापत्रमा दर्ुइ तिहाइले संविधान बन्न सक्ने अवस्था हुदा हुदै विघटन गरिएको, प्रधानन्यायाधीशको नेतृत्वमा निर्दलीय सरकार गठन, उनैको सिफारिसमा आगामी निर्वाचनमा नेपाली सेनाको परिचालन गर्ने श्रृंखलाबद्ध परिघटनाले बाह्य शक्तिको गुरुयोजनामा लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने र नेपाललाई द्वन्द्धमा फसाएर राष्ट्रिय अस्मीता समाप्त पार्न खोजिएको संकेत देखिएको उल्लेख छ । सो पत्रमा जनयुद्ध र संयुक्त जनआन्दोलनबाट मुलुकमा बहुदलीय ब्यवस्था र गणतन्त्रको स्थापना भएको स्मरण गराउदै प्राप्त उपलब्धीको संरक्षण गर्दै संविधानसभाबाट नया“ संविधान निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । विगतको संविधानसभाबाट संविधान बन्न नसकेको अवस्थामा फेरि पनि निर्वाचनको नाममा विगतका आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्न प्रयास भएको भनिएको छ । बाहलवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरी बहुदलीय ब्यवस्थालाई समाप्त पारी न्यायपालिकालाई समेत पर्ूण्ा रुपमा प्रभाव पारिएको पत्रमा उल्लेख छ । बृहत शान्ति सम्झौता पनि सबै दलहरुबीचको र्सवसहमतिको दस्तावेज अन्तरिम संविधान २०६३ भए पनि यसलाई बाधा अडकाउ फुकाउमार्फ ध्वस्त बनाइएको पनि दावी पत्रमा गरिएको छ ।
No comments:
Post a Comment