scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, October 1, 2013

निर्वाचनका लागि प्रमुख दलहरु जस्तै साना दलहरु पनि तयारीमा जुटे

बेसीशहर असोज १५
बेसीशहर- आगामी निर्वाचनका लागि प्रमुख दलहरु जस्तै साना दलहरु पनि तयारीमा जुटेका छन् । लमजुङ जिल्लामा उनीहरुको अवस्था कमजोर भए पनि चुनावी गतिविधिमा उनीहरु ठूला दल भन्दा कम देखिएका छैनन् । कतिपय अवस्थामा उनीहरु ठूला भन्दा बढी सक्रिय पनि देखिएका छन् ।
सानो दल भनिएको राप्रपा नेपालले लमजुङमा सबै भन्दा पहिले उमेदवार सिफारिस गरेर आफ्नो क्रियाशीलता देखाएको थियो । पछिल्लो चरणमा संघीय समाजवादी र संघीय गणतन्त्रवादी समाजवादी पार्टर्ीी गतिविधि गरिरहेका छन् । हालै मात्र लमजुङमा गठन भएको संघीय समाजवादी पार्टर्ीीे संगठन निर्माणको क्रममा छ ।
संघीय गणतन्त्रवादी समाजवादी पार्टर्ीी क्षेत्र नं. १ मा प्रत्यक्षतर्फगिरबहादुर तामाङ र सावित्री तामाङ तथा क्षेत्र नं. २ मा गमबहादुर तामाङ र कृष्णबहादुर गुरुङको नाम सिफरिस गरेको छ । सो पार्टर्ीी समानुपातिकतर्फदूधकासी गुरुङ, कुलबहादुर गुरुङ, डिलमाया गुरुङलाई सिफारिस गरेको छ ।

No comments:

Post a Comment