बेसीशहर असोज १५
आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा लमजुङका ८८ हजार ५ सय ४३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । फोटोसहितको मतदाता नामावलीमा लमजुङ तथा लमजुङ बाहिरबाट दर्ता गराएकाहरुको अपन्तम तथ्याङ्क अनुसार मतदाताको सो संख्या आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. १ मा ४२ हजार ७ सय ५५ र क्षेत्र नं. २ मा ४५ हजार ७ सय ८८ मतदाता रहेका छन् । लमजुङमा सबै भन्दा धेरै सदरमुकाम बेसीशहरमा ४ हजार १ सय ५३ र सबै भन्दा कम फलेनी गाविसमा जम्मा ५ सय ९८ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका ६१ गाविसमा गरी १ सय २४ मतदान केन्द्र तोकिएको छ । हिमालपारी मनाङमा ४ हजार ७ सय ९५ मतदाता छन् ।
No comments:
Post a Comment