बेसीशहर असोज १५
सरकारले तोकेको तलब नपाएर विद्यालयका सहयोगी कर्मचारीहरु आन्दोलनमा उत्रिरहेका बेला उनीहरुका लागि आएको तलब रकम शिक्षकको तलबमा खर्च हुने गरेको रहस्य खुलेको छ ।
विद्यालयका सहयोगीलाई दिन भनि सरकारले पठाएको रकमबाट विद्यालयहरुले नीजि श्रोतका शिक्षकलाई तलब दिने गरेकाले विद्यालयका सहयोगी कर्मचारीले तलब पुरा नपाउने गरेको जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले बताएका छन् ।
सरकारले मावि तहका विद्यालय सहयोगी कर्मचारीका लागि ६ हजार दर्ुइ सय, निमावि र प्राविमा तिन हजार पा“च सय रुपैया“ सम्म तलब पठाउने गरेको ती कर्मचारीले बताए । सरकारी मापदण्ड पुरा नगरको विद्यालयमा शिक्षक दरबन्दी कम हुने भएकाले त्यस्ता विद्यालयले पठन पाठन प्रभावित हुन नदिन नीजि श्रोतमा शिक्षक राख्ने गरेका छन् । त्यस्ता शिक्षकका तलब गाविसको अनुदान, स्थानीय अभिभावकको चन्दा र यस्तै विद्यालयका सहयोगीहरुको लागि आएको रकमबाट पर्ूर्ति हुने गरेको बताइएको छ ।
नेपाल सरकारले प्रावि तहमा ४५ जना विद्यार्थी बराबर एकएक जना शिक्षकको दरबन्दी दिने गरेको छ । जसका कारण ग्रामीण भेगमा सो मापदण्ड नपुग्दा शिक्षक दरबन्दी समेत कम छ । यस्तो अवस्थामा शिक्षक थोरै हुनु स्वभाविक हो, तर थोरै शिक्षकले विद्यालय चलाउन मुस्किल हुने भएकाले त्यस्तो विद्यालयलाई नीजि श्रोतमा थप शिक्षकको ब्यवस्था गर्नुपरेको छ । त्यस्ता शिक्षकलाई दिने तलबका लागि पनि विद्यालयहरुले विद्यालय सहयोगी कर्मचारीहरका लागि आएको रकम शिक्षकको तलबमा खर्च गर्ने गरेका बताइन्छ । प्रावि तहमा तीन जना सम्म मात्र शिक्षक दरबन्दी हुने गर्छ । त्यसभन्दा बढी शिक्षक भर्ना गर्न परेमा सो मापदण्ड लागू हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालय कर्मचारीका लागी आएको रकम शिक्षकलाई खुवाउन नमिल्ने उपसचिव चिलुवालको भनाई छ । लमजुङका अधिका“श विद्यालयले पियन कर्मचारीलाई सरकारले तोकेको भन्दा कम तलब दिर्“र्दै आएको छ । अहिले लमजुङमा तिन सय ८० वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा प्रावि दर्ुइ सय ७६ वटा, निमावि ३२ वटा, मावि ५४ वटा र उच्च मावि २२ वटा रहेका छन् ।
No comments:
Post a Comment