scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, October 3, 2013

लमजुङबाट २० जनाको उमेदवारी दर्ता, १० राजनीतिक दल र १ स्वतन्त्र उमेदवारले उमेदवारी दिए

आगामी संविधान सभाको निर्वाचनका लागि लमजुङबाट २० जनाको उमेदवारी दर्ता भएको छ । 
दर्ुइवटा निर्वाचन क्षेत्र रहेको लमजुङमा क्षेत्र न.. १ र क्षेत्र न. २ मा १०/१० जना उमेदवारले मनोनयन दर्ता गराएका हुन् । 
एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीराप्रपा नेपाल, नेकपा माले, अखण्ड नेपाल पार्टर्ीीसंघीय समाजवादी पार्टर्ीीसंघीय गणतान्त्रिक समाजवादी पार्टर्ीीनेपाल परिवार दल र जन प्रजातान्त्रिक पार्टर्ीी उमेदवारले मनोनयन पत्र दाखिला गरेका हुन् । यस बाहेक एक जना स्वतन्त्र उमेदवारको मनोनयन पत्र पनि दर्ता भएको छ ।
लमजुङ क्षेत्र नं. १ मा एमाओवादीबाट जिल्ला संयोजक देवेन्द्र पराजुली, नेपाली कांग्रेसका महासमिति सदस्य डा. टकराज गुरुङ, नेकपा एमालेका पर्ूव जिल्ला कमिटी अध्यक्ष जमीन्द्रमान घले, राप्रपाका केन्द्रीय सदस्य हेमजंग गुरुङ, संघीय समाजवादी पार्टर्ीी जिल्ला अध्यक्ष पृथ्वीमान घले, राप्रपा नेपालका जिल्ला अध्यक्ष शंकरराज विष्ट, अखण्ड नेपाल पार्टर्ीी रामबहादुर रानाभाट, नेकपा मालेबाट रामकाजी दुतराज, संघीय गणतान्त्रिक समाजवादी पार्टर्ीीट गिरबहादुर तामाङले उमेदवारी दर्ता गराउनु भएको छ । 
त्यस्तै क्षेत्र नं. १ मा कृष्णप्रसाद ओझाले स्वतन्त्र उमेदवारी दिनुभएको छ ।
लमजुङ क्षेत्र न. २ मा एमाओवादीबाट केन्द्रीय सदस्य पारसमणि पौडेल, नेपाली कांग्रेसबाट जिल्ला कार्य समितिका पर्ूव सभापति चन्द्रबहादुर कुँवर, नेकपा एमालेबाट पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, राप्रपाबाट क्षेत्र नं. २ का अध्यक्ष चतर्ुर्भुज घिमिरे, राप्रपा नेपालका जिल्ला सचिव रामबहादुर थापा, अखण्ड नेपाल पार्टर्ीीट गोपाल बहादुर कुँवर, संघीय समाजवादी पार्टर्ीीट खेमजंग गुरुङ, संघीय गणतान्त्रिक समाजवादी पार्टर्ीीट गमबहादुर तामाङ, जनप्रजातान्त्रिक पार्टर्ीीट आनन्द परियार र नेपाल परिवार दलको तर्फाट दानबहादुर गुरुङले उमेदवारी दर्ता गराउनु भएको छ ।
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, र राप्रपाले सयौं कार्यकर्ता लिएर उमेदवारी दर्ता गराउन निर्वाचन अधिकारीको कार्यालय पुगेका थिए । 

No comments:

Post a Comment