लमजुङ, २१ कार्तिक
आगामी संविधान सभाको निर्वाचनका लागि लमजुङमा पनि राजनीतिक दलहरु प्रचार प्रसारमा ब्यस्त भएका छन् ।दर्ुइवटा निर्वाचन क्षेत्र रहेको लमजुङमा क्षेत्र नं. १ दर्ुगम क्षेत्रमा पर्ने भएकाले सो क्षेत्रमा अहिले दलका उमेदवारहरु प्रचार प्रसारमा केन्द्रीत रहेका छन् । यातायात तथा अन्य विकासको पर्ूवाधारमा पछि परेको क्षेत्र नं. १ मा उमेदवारहरु बढी केन्द्रीत रहेका हुन् । क्षेत्र नंं १ मा एकीकृत ने
कपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीच प्रतिस्पर्धा देखिएको छ । ती दलका सबै उमेदवार अहिले घरदैलो कार्यक्रममा ब्यस्त छन् ।
एकीकृत नेकपा माओवादीले लमजुङ क्षेत्र नंं १ बाट वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला संयोजक देवेन्द्र पराजुलीलाई चुनावी मैदानमा उतारेको छ । त्यस्तै नेपाली कांग्रेसले महासमितिका सदस्य डा. टकराज गुरुङलाई उमेदवार बनाएको छ । नेकपा एमालेले जिल्ला कमिटीका पर्ूव अध्यक्ष जमीन्द्रमान घलेलाई उमेदवार बनाएको छ । राप्रपाबाटपर्ूव सहमहामन्त्री तथा हालका केन्द्रीय सदस्य हेमजंग गुरुङ चुनावी मैदानमा हुनुहुन्छ ।
लमजुङमा कूल ८८ हजार ५ सय ४३ जना मतदाता छन् । जसमध्ये क्षेत्र नंं १ मा ४२ हजार ७ सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट एकीकृत नेकपा माओवादीका बुद्धिराम गुरुङ विजयी हुनुभएको थियो । हाल उहाँ नेकपा-माओवादीमा हुनुहुन्छ । ०६४ मा सो क्षेत्रमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहेका थियो भने नेकपा एमाले तेस्रो स्थानमा थियो ।
प्रमुख चारदलबाहेक राप्रपा नेपालबाट शंकरराज विष्ट, संघीय समाजवादी पार्टर्ीीट पृथ्वीमान घले, नेकपा मालेबाट रामकाजी दुतराज संघीय गणतान्त्रिक समाजवादी पार्टर्ीीट गिरबहादुर तामाङ, अखण्ड नेपाल पार्टर्ीीट रामबहादुर रानाभाट र स्वतन्त्र उमेदवार कृष्णप्रसाद ओझा चुनावी मैदानमा हुनुहुन्छ ।
२०४८ को आम निर्वाचन, ०५१ को मध्यावधि निर्वाचन र ०५६ को आम निर्वाचनमा लमजुङका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका थिए । तर २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसले दुवै सिट गुमाएको थियो । अहिले फेरि नेपाली कांग्रेस दुवै सिट जित्ने उद्देश्य लिएर गाउँ गाउँमा प्रचारमा ब्यस्त छ । त्यस्तै अघिल्लो निर्वाचनमा क्षेत्र नंं १ मा विजय हासिल गरेको एमाओवादी यस पटक पनि जित्ने उद्देश्यले सक्रिय छ ।
०६४ अघिका निर्वाचनमा दोस्रो र ०६४ को निर्वाचनमा तेस्रो स्थानमा झरेको नेकपा एमाले पनि अहिले निर्वाचन जित्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । त्यस्तै राप्रपाका केन्द्रीय सदस्य हेमजंग गुरुङ पनि क्षेत्र नंं १ मा चुनाव जित्ने कसरतमा हुनुहुन्छ । अन्य साना दलहरु पनि मैदानमा
उत्रिए पनि उनीहरुको प्रभाव खासै देखिएको छैन । लमजुङ क्षेत्र नं. १ मा मुख्यतः यी चारवटै दलबीच प्रतिस्पर्धा देखिएको छ । उमेदवारहरु सबैले आफ्नो जीत हुने दावी गरिरहेका छन् ।
No comments:
Post a Comment