बेसीशहर असोज १५
आगामी संविधानसभाका लागि नेकपा एमालेले प्रत्यक्षतर्फा उमेदवार टुंगो लगाएको छ । एमाओवादी र नेपाली कांग्रेसले भने आजसम्ममा उमेदवारको टुंगो लगाउने बताएका छन् ।
नेकपा एमालेबाट क्षेत्र नं. १ मा जमीन्द्रमान घले र क्षेत्र नं. २ मा पृथ्वीसुब्बा गुरुङलाई उमेदवार बनाउने निर्ण्र्ााभएको श्रोतले बताएको छ ।
यद्यपी नेकपा एमालेले उमेदवारको औपचारिक घोषणा सोमबार रातीसम्म गरेको छैन । तर एमालेका पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले फेसबुकमार्फ आफू एमालेबाट लमजुङ क्षेत्र नं २ को उमेदवार भन्दै भोट माग्न थालिसक्नु भएको छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा पनि क्षेत्र नं. २ बाट उमेदवार भइ निर्वाचनमा विजय हासिल गर्नुभएका गुरुङले सोमबार आफ्नो फेसबुक स्टाटसमा क्षेत्र नं. २ को उमेदवारको रुपमा आफूलाई प्रस्तुत गर्दै भोट माग्न शुरु गर्नुभएको हो । सामाजिक इन्टरनेट फेसबुकमा यस अघि खासै नदेखिनु भएका गुरुङले सोमबारबाट फेसबुकमा विभिन्न स्टाटस लेख्न थाल्नु भएको छ ।
यस अघिको निर्वाचनमा लमजुङ क्षेत्र नंं २ बाट विजयी भइ संविधानसभामा निर्वाचित हुनुभएका गुरुङ पार्टर्ीीत्र एकल जातीय पहिचानको माग राखेर आन्तरिक संर्घष्ा गर्दै आउनु भएको छ । उहा“संगै एकल जातीय पहिचानको कुरा राख्दै आउनुभएका एमाले उपाध्यक्ष अशोक र्राई पार्टर्ीीmुटाएर छुट्टै पार्टर्ीी गए पनि गुरुङ भने पार्टर्ीीत्रै रहेर संर्घष्ा गर्ने भन्दै एमालेमै हुनुहुन्छ । यद्यपी हाल उहा“ले बहुपहिचानलाई स्वीकार गर्नुभएको छ ।
आफ्नो फेसबुक स्टाटसमा आफू जनताको प्यारो नेता भएकोले आफ्नो पार्टर्ीीे र्सर्ुय चिन्हमा भोट हाल्न आग्रह गर्नुभएको छ । तर । उहा“को स्टाटसमा टिप्पणी गर्नेहरुले उहा“लाई यस अघि हाम्रो नेता भनेर जिताए पनि उहा“ ककसको नेता भएको भन्दै गुनासो गर्नेहरु पनि भेटिएका छन् ।
यता क्षेत्र नं. १ बाट पार्टर्ीीट टिकट पाएका जमीन्द्रमान घलेले पनि अनौपचारिक रुपमा चुनाव प्रचार शुरु गरिसक्नु भएको छ । स्थानीय सञ्चारकर्मीहरुसंग घलेले पार्टर्ीीे नीति र कार्यक्रम लिएर मतदातासमक्ष जाने बताउनु भएको छ । निर्वाचनमा पार्टर्ीीे घोषणा पत्रको साथमा लमजुङको लागि छुट्टै घोषणा पत्र बनाउने योजना पनि उहा“ले सुनाउनु भएको छ ।
एमालेले आगामी निर्वाचनका लागि उमेदवार चयन गरे पनि एमाओवादी र नेपाली कांग्रेसका उमेदवारको टुंगो सोमबार राती अबेरसम्म लागेको छैन । यद्यपी एमाओवादीबाट क्षेत्र नं. १ मा देवेन्द्र पराजुली र क्षेत्र नं. २ बाट पारसमणि पौडेल उमेदवार हुने पक्का जस्तै भएको एमाओवादी श्रोतले बताएको छ । क्षेत्र नं. १ मा पर्ूव जिल्ला इन्चार्ज एवं हालका जिल्ला संयोजक देवेन्द्र पराजुलीलाई उमेदवार वनाउने भनिए पनि उहा“को सट्टा लालबहादुर गुरुङलाई उठाउने पहल पनि भइरहेको सुनिएको छ । गुरुङ उमेदवार उठाएमा जित्ने पक्का भएकाले लालबहादुरको सम्भावना बढेको श्रोतको भनाई छ ।
यता नेपाली कांग्रेसभित्र भने उमेदवारहरु छान्ने रस्साकस्सी चलिरहेको छ । आइतबारसम्म क्षेत्र नं. १ बाट शंकरकान्त जोशी र क्षेत्र नं. २ बाट गमप्रसाद गुरुङको अधिक चर्चा भइरहेकोमा सोमबारसम्म आइपुग्दा नाटकीय रुपले नया“ अनुहारको नाम चर्चा भइरहेको छ । कांग्रेस स्रोतका अनुसार पछिल्लो पटक क्षेत्र नं. १ मा डा. टकराज गुरुङ र क्षेत्र नं. २ मा चन्द्रबहादुर कु“वरको सम्भावना बढेको बताइन्छ ।
क्षेत्र नं. २ का धेरै सम्भावना भएका भनिएका केन्द्रीय सदस्य दीलबहादुर र्घर्तीलाई उमेदवार बनाउन शर्ीष्ा नेताहरु नै तयार नभए पछि उहा“ले आफू नभए आफ्नो पक्षका मान्छेलाई उमेदवार बनाउने रणनीति अख्तियार गर्नुभएको बुझिएको छ । उहा“ निकट श्रोतका अनुसार र्घर्तीले आफू समानुपातिकमा बसेर क्षेत्र नं. १ मा डा गुरुङ र २ मा कु“वरलाई अघि सार्नु भएको स्रोतले बताएको छ ।
कांग्रेसभित्र जित्ने उमेदवारको खोजी भइरहे पनि नेताहरुमा आफ्ना मान्छेलाई उमेदवार बनाउने होडबाजीले निर्ण्र्ााहुन नसकेको बताइन्छ । कांग्रेसबाट सिफारिस भएका मध्ये क्षेत्र नं. १ मा तुलसी नारायण श्रेष्ठ, शंकरकान्त जोशी र टकराज गुरुङ तथा, २ मा कृष्ण कोइराला, गमप्रसाद गुरुङ र चन्द्रबहादुर कु“वरमध्ये एक/एक जना छानिने पक्का छ ।
No comments:
Post a Comment