scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, October 1, 2013

तीन महिनादेखि सडक यातायात नचलेपछि मनाङमा खाद्यान्नको मूल्यबृद्धि

बेसीशहर असोज १५
तीन महिनादेखि सडक यातायात नचलेपछि मनाङमा खाद्यान्नको चर्को मूल्यबृद्धि भएको छ । बेसीशहर चामे सडकका ठाउ“ ठाउ“मा पहिरोले सडक भत्काएपछि तीन महिनादेखि बेसीशहर चामे सडकमा यातायात सञ्चालन हुन सकेका छैनन् । 
पहिरोले सडक भत्काएपछि लमजुङको च्याम्चेदेखि मनाङसम्मा पहिले जस्तै हि“ड्नु पर्ने बाध्यता छ । सडक अबरुद्ध भइ यातायात नचलेपछि खाद्यान्न लगायतका सामानहरु समेत खच्चर र भरियाको भर पर्नुपरेको अवस्था छ । चाडबाड नजिकिदा समेत सडक मर्मतमा सम्बन्धित निकायले चासो नदिदा मनाङबासी चर्को मूल्यबृद्धिको मार खेप्न बाध्य भएका छन् ।
लमजुङ मनाङको सिमाना म्यार्दीभीर, मनाङको दनाक्यू, बगरछाप, लमजुङको च्याम्चे लगायतका स्थानमा सडकमा पहिरो आइ भत्किएको छ  । कूल ६५ किलोमिटर रहेको बेसीशहर चामे सडक अर्न्तर्गत अहिले बेसीशहरदेखि च्याम्चे सम्मको ३२ किलोमिटरसम्म मात्र हाल यातायात सञ्चालनमा आएको लमजुङ मनाङ तिल्चे यातायात कम्पनीले बताएको छ ।
ठाउ“ ठाउ“मा सडक पहिरोले भत्काएपछि पैदल यात्रुलाई समेत समस्या परिरहेको मनाङको ताचै बगरछापका स्थानीय थम घलेले बताउनुभयो । घलेका अनुसार सडक अवरुद्ध भएपछि अन्नपर्ूण्ा मार्गमा आएका विदेशी पदयात्रीहरु समेत समस्यामा परेका छन् । पहिलाको पदयात्रा मार्ग सडक निर्माणसंगै विस्थापित भएकाले पर्यटकहरुलाई सडकमार्ग हु“दै जानुपर्ने भएकाले समस्या भएको घलेले बताउनुभयो । सडक अबरुद्ध भए लगत्तै मनाङमा खाद्यान्नको मूल्य बढेकोले मनाङबासी चर्को मूल्यबृद्धिको मारमा परेका छन् । चाडबाड नजिकिदा समेत सडक मर्मत नहुदा मनाङमा रहेका सरकारी कार्यालयका कर्मचारी, ब्यापारी, शिक्षकहरुलाई र काठमाण्डौं, पोखरा लगायत देशका विभिन्न भागमा छरिएर बसेका मनाङबासीलाई आवत जावत गर्न समस्या उत्पन्न भएको छ ।मनाङतर्फआउनेजाने सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी साथै स्थानीयवासिन्दालाई समस्या परेको छ ।
बेसीशहर चामे सडकमा गत फागुनदेखि मोटर चल्न गालेको हो । नेपाली सेनाको बेसीशहर चामे सडक निर्माण काय गणले निर्माण गरेको सो सडक सडक विभागलाई हस्तान्तरण गरिसकिएको छ । सेना रहुन्जेल सडकको मर्मत गर्ने गरेकोमा सडक विभागले भने मर्मतको काम नगरेको स्थानीयबासीको गुनासो छ । 


No comments:

Post a Comment