बेसीशहर असोज १५
बेसीशहर- जिल्ला विकास समिति लमजुङले लमजुङका विभिन्न ग्रामीण भेगमा नया“ सडक ट्रयाक खोल्ने भन्दा पनि पुराना सडकहरुको स्तरोन्नतिका लागि काम गर्ने जनाएको छ ।
जिल्ला विकास समितिले गर्ने नियमित पत्रकार सम्मेलनका क्रममा स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले यस्तो जानकारी दिनुभएको हो । जिविसमा बिहीबार आयोजित पत्रकार सम्मेलननमा बोल्दै स्थानीय विकास अधिकारी गौतमले लमजुङको जिल्ला सडक गुरुयोजनाको पुनरावलोकन अन्तिम चरणमा पुगेको जानकारी दिदैं नया“ सडक खोल्नु भन्दा पनि पुराना सडकको स्तरोन्नतिका लागि काम गर्ने जानकारी दिनुभएको हो ।
जिल्ला सडक गुरुयोजनामा लमजुङका सडकहरुलाई तीन भागमा विभाजन गरीएको भन्दै गौतमले सडक विभागको जिम्मामा रहेका सडक, इलाका, गाविस र जिल्ला सदरमुकाम जोड्ने सडक गरी सडकहरुको बर्गिकरण गर्न लागिएको जानकारी दिनुभयो ।
विभिन्न चरणका छलफल र वैठकबाट दलहरुको सहयोगमा जिीवसलेे सडक गुरुयोजना बनाउन लागेको भन्दै गौतमले सो गुरुयोजनाको पुनरावलोकनको काम सम्पन्न भएको बताउनुभयो ।
विगत एक महिनामा जिविसले गरेका प्रमुख गतिविधिबारे प्रकास पार्दै गौतमले ६१ वटै गाविसमा सामाजिक सुरक्षा भत्ता निकासा भई हाल वितरण भइरहेको बताउनुभयो । त्यस्तै जिविसमा विपन्न घरधुरी मापनको अन्तिम प्रतिवेदन प्राप्त भएको र ५८ वटा गाविसहरुको चालु र पु“जीगत अनुदानको प्रथम किस्ता रकम निकासा गरिएको पनि जानकारी दिनुभयो ।
गाविसहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन -एमसीपीएम) को लागि मूल्यांकनकर्ताहरु छनौट गरी सो सम्वन्धी नया“ कार्यविधिको बारेमा गाविस सचिव र मूल्यांकनकर्ताहरुलाई संयुक्त रुपमा अभिमुखीकरण गराइएको पनि जिविसले जनाएको छ । त्यसैगरि ४१ गाविसहरुको आ.व.०६९।०७० को आन्तरिक लेखा परीक्षण कार्य सम्पन्न भएको, गत आवको अन्तिम लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्न दरखास्त आहृवान गरिएको पनि कार्यक्रममा बताइयो ।
बषर्ातको समयमा क्षति भएका सडकहरुको मर्मत सम्भार तथा चालु आवमा सञ्चालन हुने सडकतर्फा योजनाहरु संझौताका लागि सूचना जारी गरिएको र केही सडकहरुको सम्झौता पनि भएको स्थानीय विकास अधिकारीले जानकारी दिनुभयो । त्यस्तै कर्मचारी कल्याण कोषको विनियम मस्यौदा तयार भएको, सुआहारा र वर्ल्ड भिजन अर्न्तर्गतका कार्यक्रमहरुको फिल्ड अनुगमन गरिएको, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पोखरामा आयोजना गरेको ३ दिने बाषिर्क प्रगति समीक्षा गोष्ठी तथा क्षेत्रीय प्रशासन कार्यालयले दमौलीमा आयोजना गरेको विकासको वर्तमान अवस्था, समस्या र सम्भावना विषयक अञ्चलस्तरीय अन्तक्रिर्या कार्यक्रममा सहभागीता रहेको जानकारी गौतमले दिनुभयो ।
गौतमका अनुसार चालु आर्थिक बर्षा सञ्चालन हुने कार्यक्रमहरुमध्ये ८ वटा कार्यक्रमहरुको अख्तियारी जिविसमा प्राप्त भैसकेको छ ।
No comments:
Post a Comment