निर्वाचन प्रचार प्रसारको क्रममा नेकपा एमालेका कार्यकर्ताहरुले पार्टर्ीीे झण्डा जलाई पार्टर्ीी प्रचार सामग्री कब्जा गरेको भन्दै नेपाली कांग्रेस लमजुङले आपत्ती जनाएको छ ।
लमजुङको पुरानोकोट गाविसमा चुनाव प्रचारको क्रममा रहेको नेकपा एमालेका कार्यकर्ताले सो गाउँका एक कांग्रेस कार्यकर्ताको घरबाट पार्टर्ीीे झण्डा र प्रचार सामग्री कब्जामा लिई स्थानीय मोतीडाँडामा लगेर जलाएको नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार एमाले कार्यकर्ताहरुको टोलीले कांग्रेसका उमेदवार तथा कार्यकर्ताहरुलाई अपशब्द बोल्दै निर्बाचन प्रचार प्रसारका लागि लगिएका सबै सामग्री कब्जा गरी नष्ट गरेको छ । यसैबीच नेपाली कांग्रेस लमजुङले नेकपा एमालेले आफ्नो पराजय
निश्चित देखेर कांगे्रस कार्यकर्ताहरुलाई उत्तेजित बनाउने प्रयास गरेको जनाएको छ । सचिव घिमिरेले निर्वाचन हार्ने भए पछि हतोत्साही भएका एमाले कार्यकर्ताका यस्ता उदण्ड क्रियाकलापबाट कांग्रेस कार्यकर्ताहरु विचलित नहुने बताउनुभयो । कार्यकर्ताहरुलाई संयमित र अनुशासित भइ निर्वाचन अभियानमा जुट्न आग्रह गर्दै सचिव घिमिरेले आफ्नो पार्टर्ीी कार्यकर्ताहरुको संयमतालाई कमजोरी नठान्न चेतावनी दिनुभयो ।
एमालेले यस्तै ब्यबहार देखाएमै राजनैतिक ढङ्गबाट गतिलो जबाफ फर्काउने बताउंदै उहाँले एमाले लमजुङका नेतृत्व तहले सो घटनाबारे र्सार्बजनिक रुपमा माफी माग्नुपर्ने बताउनु भयो ।
No comments:
Post a Comment