scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, November 13, 2013

करापु-१ का ६८ परिवार नेपाली काँग्रेसमा प्रवेश

कात्तिक २६
पश्चिम लमजुङको करापु गाँउ बिकास समिती वडा नम्वर १ का ६८ परिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार करापुमा औपचारिक पार्टर्ीी्रवेश कार्यक्रमको आयोजना गरि करापुको मजुवा र बेतेनी गाँउका ६८ परिवार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
      यसअघि नेकपा एमालेका गाँउ कमिटी सदस्य रहनभएका स्थानिय जगन्नाथ जमरकट्टेलको अध्यक्षतामा एक कार्यक्रम  गरि उक्त वडाका प्राय सवै जना नेपाली काँगेसमा प्रवेश गरेका हुन् । पार्टर्ीी्रवेश कार्यक्रममा कार्यक्रमका अध्यक्षता गर्नुभएका जमरकट्टेलले नव प्रवेशीहरुलार्य टिका लगाएर शुभकामना दिनुभएको थियो भने नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापती कृष्ण प्रसाद कोइरालाले पार्टर्ीीे झण्डा प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सचिव आनन्द राज घिमीरेले नव प्रवेशीहरुलाई सदस्यता प्रदान गर्नुभएको थियो ।
      कार्यक्रममा प्रमूख अतिथी समेत रहनुभएका जिल्ला कार्यसमिति लमजुङका सभापती कृष्ण कोइरालाले नव प्रवेशीहरलाई पार्टर्ीी स्वागत गर्दै जिल्लामा अहिले नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर वढेकोले नेपाली काँग्रेसको जित सुनिश्चत भएको दावि गर्नुभयो । उहाँले समग्र जनताको आवश्यकता बुझ्ने र मुलुकको दिर्घकालिन बिकासको अनुभव भएको पार्टर्ीीेपाली काँग्रेस मात्रै भएकोले सबिधान पनि नेपाली काँगेसलेनै बनाउने भन्दै आगामी सबिधान सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिन सम्पर्ुण्ा नागरिकहरुलाई आग्रह गर्नुभयो ।
      कार्यक्रममा जिल्ला कार्यसमिति सचिव आनन्द घिमीरे, कोषाध्यक्ष श्रीकान्त घिमीरे, सदस्य कृष्ण बहादुर अधिकारी, पर्ुण्ाचन्द्र पोख्रेल, क्षेत्र नम्वर २ का सभापती जिवनकुमार श्रेष्ठ,  सचिव मनद कुमार न्यौपाने, क्षेत्रिय कोषाध्यष डिलमाया गुरुङ, तरुणदल अध्यक्ष रमेश कुमार पाण्डे, सदस्य किशोर कुमार बस्नेत लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments:

Post a Comment