मिलन शर्मा
लमजुङ, २१ कार्तिक ।
आगामी संविधानसभाको निर्वाचनका लागि हिमालपारीको जिल्ला मनाङमा पनि प्रचारप्रसार तीब्र भएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङ कम मतदाता भएको जिल्ला हो । मनाङमा आगामी निर्वाचनका लागि चारहजार ७९४ मतदाता रहेका छन् । भौगोलिक रुपमा निकै विकट रहेको यो जिल्लामा पनि निर्वाचन नजिक आइरहँदा प्रचार प्रसारले तीब्रता पाएको छ । एक गाउँ बाट अर्को गाउँ जानको लागि यातयातको सुविधा नभएकाले घोडामा चढेर र पैदलै यात्रा गरी उमेदवारहरु गाउँ गाउँमा पुगि मत माग्न ब्यस्त छन् ।
आगामी निर्वाचनका लागि मनाङमा एमाओवादीबाट कपिल लामा, नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेकपा एमालेबाट छिरिङ लोप्साङ गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीट त्रिपाल्टी गुरुङ र राप्रपा नेपालबाट भुजुङ गुरुङ प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
२०४८ सालदेखिका आम निर्वाचनमा लगातार नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएको मनाङबाटा अघिल्लो संविधानसभाको निर्वाचनमा एमाओवादीका उमेदवार देवप्रसाद गुरुङ विजयी हुनु भएको थियो । हाल देवप्रसाद गुरुङ निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीको सचिव हुनुहुन्छ ।
०६४ को संविधानसभा निर्वाचनमा मनाङमा सातहजार ४०७ मतदाता रहेकामा दर्ुइहजार ९७१ मत मात्र खसेको थियो । खसेको मतमध्ये ६३ मत बदर भएको थियो । ०६४ को निर्वाचनमा एमाओवादीका उमेदवार देव गुरुङले एकहजार ६५२, नेपाली कांग्रेसका उमेदवार पाल्तेन गुरुङले एकहजार २०९ र नेकपा एमालेका मंगलबहाजुर गुरुङले ४७ मत मात्र पाउनु भएको थियो ।
मनाङ जिल्लामा यसपालीको निर्वाचनलाई आफ्नो पक्षमा पार्न पाँचवटै राजनीतिक दलका उमेदवारहरु लागि परेका छन् । प्रतिस्पर्धामा उत्रिएका पाँचवटै दलका उमेदवारहरुले पहिलो चरणको प्रचार प्रसार अभियान अर्न्तर्गत सबै गाविसमा घरदैलो अभियान सञ्चालन गरी सकेका छन् । अहिले पुनः दोस्रो चरणको कार्यक्रम गरी मतदातालाई आफ्नो पार्टर्ीीे पक्षमा पार्न लागि परेका छन् ।
निर्वाचनको लागि मनाङमा दर्ुइ अस्थायीसहित २० वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी गोविन्द्रप्रसाद पाण्डेका अनुसार मनाङमा सबैभन्दा बढी टंकी प्रावि मनाङ केन्द्रमा ६०६ र सबैभन्दा कम प्रकासज्योति उमावि थोंचे मतदान केन्द्रमा ८७ जना मतदाता रहेका छन् । निर्वाचन कार्यालय मनाङका प्रमुख गोविन्दबहादुर पाण्डेका अनुसार कुल मतदातामध्ये दर्ुइ हजार ३४८ पुरुष र दर्ुइ हजार ४४६ महिला छन् ।
विकासको दृष्टिकोणले निकै पछि परेको मनाङ क्षेत्रफलको हिसाबले ठूलै भए पनि नेपालको सबै भन्दा कम जनसंख्या रहेको जिल्ला पनि हो । अहिलेसम्म मनाङको सदरमुकाम चामेसम्म मात्रै मोटरबाटो पुगेको छ । मनाङका जनताहरु विकास चाहने भएकाले मनाङको विकासको लागि जुन पार्टर्ीीेे प्रतिबद्धता बढी र विश्वसनीय देखिन्छ, सोही पार्टर्ीीे उमेदवार विजयी हुने विश्लेषण भइरहेको छ ।
No comments:
Post a Comment