scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, November 13, 2013

एमाओवादीले चुनाव हुन नदिने षडयन्त्र रचिरहेको एमाले महासचिवको आरोप

लमजुङ, २६ कार्तिक ।
नेकपा एमालेका महासचिवर् इश्वर पोख्रेलले नेकपा- माओवादीको नाम भजाएर एकीकृत नेकपा माओवादीले चुनाव हुन नदिने षडयन्त्र रचिरहेको बताउनु भएको छ ।  नेकपा एमाले लमजुङको क्षेत्र नम्बर १ र २ को संयुक्त चुनावी आमसभालाई भोटेओडारमा सम्बोधन गर्दै महासचिव पोख्रेलले एकीकृत माओवादीले आफ्नो पराजयको पर्ूवानुमान गरेर चुनाव विथोल्ने रणनीति लिएको दावी गर्नुभयो ।
सम्पर्ूण्ा तयारी पूरा हुनै लागेको अवस्थामा निर्वाचन सार्ने वा हुन नदिने षडयन्त्र प्रति सबै राजनीतिक दल र सम्बद्ध पक्ष चनाखो हुनुपर्ने भन्दै पोखरेलले यस्ता षडयन्त्रलाई नेकपा एमालेले असफल बनाइदिने बताउनुभयो । निर्वाचनमा भाग लिने जनताको अधिकार हनन गर्ने वा कुण्ठित गराउने कार्य नेकपा एमालेलाई स्वीकार्य नहुने भन्दै पोखरेलले नेकपा माओवादीलाई समेत बन्द हड्तालका कार्यक्रम नगर्न सुझाव दिनुभयो ।
 निर्वाचन पछि गठन हुने संविधानसभामा नेकपा-माओवादीको सम्मानजनक सहभागिता गराइने भन्दै संविधान सभा निर्वाचनलाई भाँड्ने काम नगर्न नेकपा माओवादी लगायत मोर्चालाई पोखरेलले आग्रह गर्नु भयो ।
पोखरेलले देशभर एमालेको पक्षमा जनमत देखिएको भन्दै संविधान सभाको चुनाबबाट नेकपा एमाले पहिलो पार्टर्ीीबन्ने दावी गर्नुभयो । जनताले चाहेजस्तो संविधान लेख्न एमालेका उमेदवारहरुलाई मत दिन उहाँले लमजुङे मतदातासंग आग्रह गर्नुभयो ।
  कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं लमजुङ क्षेत्र नम्बर २ का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङको दुवै क्षेत्रबाट नेकपा एमालेका जीत सुनिश्चत भएको दावी गर्नुभयो । नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त ढकालले जनताको र्सार्वभौमसत्ता सम्पन्न अधिकार नेकपा एमाले नेतृत्वले निर्माण गरेको संविधानमा मात्र रहन सक्ने भन्दै लमजुङको दुवैक्षेत्रबाट नेकपा एमालेका उम्मेदवारलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो । अर्का केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार टुका हमालले नेकपा एमालेको नीति राम्रो भएकाले सवैले राम्रो नीतिलाई भोट दिनेमा विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटि सचिव मायनाथ अधिकारी, नेकपा एमाले क्षेत्र नम्बर १ का उम्मेदवार एवं जिल्ला विकास समितिका पर्ूव सभापति जमिन्द्रमान घले, समानुपातिक उम्मेदवार जानकी तुलाधर पाण्डे, नेकपा एमाले केन्द्रीय समन्वय कमिटी सचिव एवं समानुपातिक उम्मेदवार डाक्टर भीष्म अधिकारी, जिल्ला कमिटी अध्यक्ष धनञ्जय दवाडी, पर्ूव प्रहरी संगठनका अध्यक्ष बीरसिंह घले लगायतले एमाले नीति राम्रो भएकाले एमालेलाई नेतृत्व तहमा पुर्‍याउन आग्रह गरेका थिए ।

No comments:

Post a Comment