४ मंसिर
संविधानसभा निर्वाचन २०७०लमजुङमा शान्तिपर्ूण्ा रुपमा सम्पन्न भएको छ ।
दर्ुइवटा निर्वाचन क्षेत्र रहेका लमजुङमा केही छिटफुट बाहेक सबै मतदान केन्द्रमा शान्तिपर्ूण्ा ढंगले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै केन्द्रहरुमा विहान ७ बजेदेखि नै मतदान शुरु भएको थियो ।
मतदानको अघिल्लो दिन राती लमजुङका विभिन्न ग्रामीण क्षेत्रमा केही बम विष्फोटका घटना भए पनि सबै मतदान केन्द्रहरुमा शान्तिपर्ूण्ा तरिकाले मतदान सम्पन्न भएको हो । मतदान शुरु भए पछि क्षेत्र नं. १ को चिती गाविसस्थित जनकल्याण उच्च मावि मतदान केन्द्र नजिकै संकास्पद वस्तु फेला परेकोमा नेपाली सेनाको टोलीले निष्त्रिmय बनाएको थियो ।
सबै मतदान केन्द्रहरुमा मतदानका लागि मतदाताहरु निकै उत्साहपर्ूवक सहभागी भएका थिए । जिल्ला निर्वाचन कार्यालय लमजुङले लमजुङमा ७० प्रतिशत मत खसेको जानकारी दिएको छ ।
लमजुङमा १ सय १८ बषिर्या एक बृद्धाले पनि संविधानसभाको निर्वाचनमा मतदान गर्नुभएको छ । लमजुङ निर्वाचन क्षेत्र नम्बर १ अर्न्तगत सिम्पानी गाउँ विकास समितिको वडा नं. ९ स्थित कमला प्रावि मतदान केन्द्रमा १ सय १८ बषिर्या कौशिला बोगटे आफ्नो नाती नन्दबहादुरसँग बोकिएर आइ मतदान गर्नुभएकी बोगटेले मतदान पछि देशमा छिट्टै संविधान बनोस् भनि कामना गर्नुभयो । उहाँले अब बन्न सरकारसंग आफू जस्ता ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइदिन आग्रह गर्नुभयो ।
मतदानका लागि लमजुङ क्षेत्र नं. १ स्थित भैरब मावि केन्द्रमा किरियापुत्री राजेन्द्र थापा र मनिता पुँवर थापाले मतदान गर्नुभएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
निर्वाचनका लागि लमजुङमा १ सय २४ मतदान स्थल र १ सय ५४ मतदान केन्द तोकिएको थियो ।
निर्वाचन सम्पन्न भएपछि लमजुङका दुवै क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम शुरु भएको छ । सदरमुकाम वरपरका गाविसबाट मतपेटिका ल्याउने क्रम जारी छ भने विकट क्षेत्रका मतदान केन्द्रबाट बुधवार दिउसो १ बजेसम्म मतपेटिका सदरमुकाम ल्याइसक्ने प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment