बेसीशहर, कार्तिक २७
मंसिर ४ गतेको संविधानसभा निर्वाचन नजिकिदैं गर्दा दलहरुले चुनावको प्रचारप्रसारलाई तीब्र बनाइरहेकै बेला लमजुङका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्र्रेसले विजय हासिल गर्ने बलियो आधार बन्न थालेको छ ।
२०४८ सालको आम निर्वाचन, ०५१ को मध्यावधि निर्वाचन र ०५६ को आम निर्वाचनमा लगातार लमजुङका दुवै सीटमा विजयी भएको नेपाली कांग्रेस ०६४ को स्थानीय निर्वाचनमा प्राविधिक कारणले दुवै क्षेत्रमा दोस्रो स्थानको साथ पराजित भएको थियो । तर यस पटकको निर्वाचनमा विजयी भइ पहिलो बन्ने लक्ष्यका साथ नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार अभियानलाई तीब्रता दिएको छ ।
नेपाली कांग्रेसका उमेदवार सहितको प्रचारप्रसार र घरदैलो गरिरहेको टोली जहा“ जहा“ गएको छ, त्यहा“ नेपाली कांग्रेस प्रति जन आकर्षा बढीरहेको छ । विगतमा विभिन्न पार्टर्ीी आवद्ध भएकाहरु धमाधम नेपाली कांग्रेसमा प्रवेश गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने प्रण गरिरहेका छन् । यसबाहेक हिजो विविध कारणले अरु पार्टर्ीी गएका पुराना कांग्रेस कार्यकर्ताहरु पनि धमाधम पुरानै घरर्फकन थालेकाले कांग्रेसलाई लमजुङका दुवै सीट जित्न कसैले रोक्न नसक्ने नेपाली कांग्रेस लमजुङको दावी छ ।
यस पटकको निर्वाचनमा कांग्रेसको जीतको आधार ब्यापक जनर्समर्थनको साथमा अन्य दलका उमेदवारहरु पनि कारक बन्ने देखिएको छ । क्षेत्र नं. १ मा अन्य दलका उमेदवारको तुलनामा नेपाली कांग्रेसका उमेदवार निकै बलिया मानिएका छन् । शैक्षिक हिसावले पनि कांग्रेसका क्षेत्र नंं १ का उमेदवार टकराज गुरुङ पिएचडी गरेका डाक्टर हुनुहुन्छ । उमेरको हिसाबले सबै उमेदवार भन्दा कान्छा डा गुरुङ लमजुङका एक आशालाग्दा नेताको रुपमा उदाउनु भएको छ । क्षेत्र नं. १ मा अन्य पार्टर्ीी उमेदवारहरु पनि नराम्रा मानिदैनन् । यद्यपी मतदाताहरुको मन जित्न सक्ने युवा र जुझारु उमेदवारमध्ये उहा“ अग्रपंक्तिमा देखिनु भएको छ ।
विश्लेषकहरुका अनुसार क्षेत्र नंं १ मा डा गुरुङको विजयको अरु कारणहरु पनि छन् । क्षेत्र नं. १ मा एमाओवादीका उमेदवार देवेन्द्र पराजुली, एमालेका उमेदवार जमीन्द्रमान घले र राप्रपाका उमेदवार हेमजंग गुरुङ हुनुहुन्छ । ती उमेदवारहरुमध्ये एमाओवादीलाई पार्टर्ीीवभाजनले प्रभाव पार्ने देखिएको छ । अघिल्लो निर्वाचनमा विजयी हुनु भएका बुद्धिराम गुरुङको क्षेत्र नंं १ मा राम्रै प्रभाव छ । उहा“ अहिले निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीमा आवद्ध हुनुहुन्छ । दोस्रो उहा“लाई जातीय नाराले प्रभाव पार्न सक्छ । तेस्रो एमाओवादीलाई अघिल्लो निर्वाचनको जस्तो अनुकूलता अहिले छैन ।
नेकपा एमालेका उमेदवार जमीन्द्रमान घले पनि क्षेत्र नं. १ का प्रतिस्पर्धी उमेदवार मानिनुहुन्छ । तर पनि विष्लेषकहरुले उहा“लाई कमजोर आंकलन गरिरहेका छन् । राजनीतिक विश्लेषकहरुका अनुसार पहिलो त एमालेको संगठन क्षेत्र नंं १ मा पहिलेदेखि नै कमजोर छ । दोस्रो जातीयताले उहा“को अनुकूल अवस्था रहे पनि स्वयं पार्टर्ीीत्रको गुटबन्दीले उहा“ प्रभावित हुने विश्लेषण छ । तेस्रो भुलभुले, खुदी, सिम्पानी, बा“झाखेत जस्ता एमालेको पकड मानिएका गाविसमा अहिले एमालेबाट धमाधम कार्यकर्ताहरु अन्य पार्टर्ीी प्रवेश गरेकाले संगठन कमजोर भएको छ । चौथोमा घलेको मत हेमजंग गुरुङले काट्ने विश्लेषण उत्तिकै हुने गरेको छ । जसका कारण क्षेत्र नं. १ मा कांग्रेसकै उमेदवार डा टकराज गुरुङ बलियो उमेदवारको रुपमा देखिनु भएको छ ।
क्षेत्र नं. २ मा पनि कांग्रेसका उमेदवार चन्द्रबहादुर कु“वर अन्यको तुलनामा बलियो उमेदवारको रुपमा रहनु भएको छ । विगतमा पार्टर्ीी प्रशस्त योगदान हुदाहुदै पनि लमजुङमा राम्ररी नभिज्नु भएका केन्द्रीय सदस्य दीलबहादुर र्घर्तीको उमेदवारीका कारण कांग्रेसले हार ब्यहोर्नु परेको स्वयं कांग्रेस कार्यकर्ताहरु बताउ“छन् । सम्भावना भएका भनिएका एमालेका अघिल्लो निर्वाचनमा जितेका पृथ्वीसुब्बा गुरुङ विगतमा उहा“ आफैले खेल्नु भएको भूमिकाका कारण मतदाताहरुबाट आलोचित भइरहनु भएको छ । विघटित संविधानसभामा ककस बनाएर जातीय नारा लगाएर तमुवानको मुद्दामा लागेका कारण उहा“को आफ्नै पार्टर्ीीमेत अप्ठेरोमा परेको थियो । सोही कारण पार्टर्ीीवभाजनको कारकमध्ये उहा“ पनि आरोपित हुनुहुन्छ । विगतको भूमिकाका कारण एमालेको विचार बोक्ने गैर गुरुङ हरु उहा“को पक्षमा खुला दिलले लाग्न सकेका छैनन् । यसबाट पनि एमालेको जित्ने सम्भावना निकै कम देखिएको छ ।
एमाओवादी क्षेत्र नं. २ मा कमजोर रहेको छ । स्वयं एमाओवादीका कार्यकर्ताहरुले समेत क्षेत्र नं. २ मा जित्ने आश गरेका छैनन् । संविधानसभाको सबै भन्दा ठूलो दल भएर पनि संविधान निर्माण र सरकार सञ्चालनक भएर उसले गरेका क्रियाकलाप जनताले राम्रैसंग बुझेकाले लमजुङमा फेरि कांग्रेसले नै विजयको झण्डा फहराउने निश्चित देखिएको छ ।
No comments:
Post a Comment