बेसीशहर- "घर शान्ति नै विश्व शान्तिको आधार दमनको प्रतिकार गरि महिला हिंसा अन्त्य गरौ" भन्ने नाराका साथ लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान सोमबारदेखि विश्वभर शुरु भएको छ ।
नेपाल सरकारले पनि महिला विरुद्धका हिंसाजन्य गतिविधि अन्त्यका लागि १६ दिनसम्म विभिन्न दबाब तथा चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने कार्यक्रम तय गरेसंगै यो कार्यक्रम लमजुङमा पनि गर्न लागिएको हो ।
यस दिवसको सर्न्दर्भमा सोमबार लमजुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले जिल्लाभर महिला हिंसा अन्त्यका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्ण्र्ाागरेको छ । वैठकमा सहभागी सबैले महिला हिंसा विरुद्धको ऐक्यबद्धता जनाउने सेतो रिवन लगाएर कार्यक्रम शुरुवात गरिएको थियो । वैठकले महिला हिंसा अनत्यका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्ने भएका छन् ।
बैठकमा महिला तथा बालबालिका विकास अधिकारी दिपा घिमिरे, जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामुदायिक अस्पताल, नेपाल बार एशोसियसन, महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, लमजुङ बार इकाई, पत्रकार महासंघ आदि संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघले २५ नोभेम्वरलाई विश्वभर महिलाहिंसा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने निर्ण्र्ाागरेपछि विश्वभर यो दिवस मनाइ“दै आएको छ ।
No comments:
Post a Comment