बेसीशहर- लमजुङ सदरमुकाम बेसीसहरमा फुटबल खेलको विकासका लागि लमजुङ फुटबल एकेडेमी स्थापना गरिएको छ ।
बेसीसहरका उत्साही खेलाडी युवाहरुको सक्रियतामा फुटबल एकेडेमी स्थापना भएको हो । युवाहरुलाई कुलतबाट बचाउने, खेलको विकास गर्ने, शारिरीक, मानसिक, आर्थिक एवं सामाजिक विकासका लागि युवाहरुको उपस्थिति सशक्त बनाउनका लागि फुटबल एकेडेमीको स्थापना गरिएको ती युवाहरुले बताएका हुन् ।
सो फुटबल एकेडेमीले विभिन्न खेलकुद, शैक्षिक एवं जनचेतनाका माध्यमबाट युवा शसक्तिकरणमा भूमिका खेल्नुका साथै विभिन्न खेलकुद संस्थाको उद्देश्य प्राप्तीका लागि सञ्चालन हुने कार्यक्रमहरुमा समेत सहयोग गर्ने बताएको छ । युवाहरुलाई विकृति विसंगतिबाट जोगाउने र अपराधिक क्रियाकलापतर्फलाग्न नदिन फुटबल एकेडेमी क्रियाशिल हुने भएको एकेडेमीका अध्यक्ष एवं बेसीशहरका लोकप्रिय फुटबल खेलाडी सिजन श्रेष्ठले बताउनुभयो ।
हालै बेसीसहरमा एक कार्यक्रमकाबीच फुटबल एकेडेमी स्थापना भएको बारेमा संस्थाले जानकारी गराएको हो । सो अवसरमा एकीडेमीका अध्यक्ष सिजन श्रेष्ठले युवाहरुको खेलको विकासका लागि एकेडेमी हरपल लागि पर्ने जानकारी दिनुभयो ।
एकेडेमीमा रहने गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति, खानबस्नको ब्यबस्था आदि गर्दै आएको जनाइएको छ । सो एकेडेमीमा घर्ेर्मुका राजु गुरुङले छात्रबृत्तिमा खेल सिकीरहेका छन् ।
गत हरिबोधनी एकादशीका दिन एकेडेमीले बेसीशहरमा वडास्तरीय फुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुने टीमलाई ५ हजार पुरस्कारको ब्यबस्था गरिएको थियो ।
हालै स्थापित सो एकेडेमीलाई लमजुङ घर भइ वैदेशिक रोजगारमा रहेका युवाहरुले आर्थिक सहयोग गरिरहेका छन् । एकेडेमीलाई विदेशबाट हालै स्वादेश र्फकनुभएका बेसीसहर-३ निवासी अर्जुन घिमिरेले करिब २५ हजार बराबरको ट्रयाक सुट प्रदान गर्नुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । घिमिरेले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ । बेसीसहर स्थायी घर भई विदेशमा रहेका युवाहरुले एकेडेमीका लागि सहयोग संकलन गरी पठाउने भएका छन् ।
यसैबीच एकेडेमीमा एन्फा प्रशिक्षक इन्द्र रानाले प्रशिक्षण दिने दिइरहनु भएको छ ।
No comments:
Post a Comment