बेसीशहर- २०४८ सालदेखि नै नेपाली कांग्रेसको किल्लाको रुपमा चिनिएको हिमालपारीको जिल्ला मनाङले भर्खरै सम्पन्न संविधानसभा निर्वाचनमार्फ आफ्नो कांग्रेसको गढको रुपमा स्थापित गरेको छ ।
नेपाली कांग्रेसका उमेदवार टेकबहादुर गुरुङले संविधान सभा सदस्य निर्वाचन २०७० मा राप्रपाका उमेदपार त्रिपल पी गुरुङलाई पराजित गर्दै संविधानसभा सदस्यको रुपमा सवैभन्दा पहिलो आफ्ना नाम लेखाउन सफल हुनु भएको हो ।
मनाङको टंकी मनाङ गाउ“ विकास समिति वडा नम्बर २, टंकी घर भएका गुरुङले राप्रपाका त्रिपल पी गुरुङलाई ३ सय ३५ मतले पछाडि पार्दै संविधान सभा सदस्य २०७० को निर्वाचनमा विजयी हुनुभएको हो । उहा“ले १ हजार ५२७ मत पाउनु भएको थियो । उहा“का निकटतम प्रतिद्वन्द्धी राप्रपाका त्रिपल पी गुरुङले १ हजार १ सय ९२ मत प्राप्त गर्नुभयो ।
संविधानसभा निर्वाचन २०७० मा मनाङमा राप्रपा नेपालका भुजुङ गुरुङले ५ सय ६३ मतका साथ तेस्रो, एकीकृत नेकपा माओवादीका कपिल लामाले २ सय ६१ मतको साथ चौथो र नेकपा एमालेका उम्मेदवार छिरिङ ल्होप्साङ गुरुङले ८० मतका साथ पा“चौ स्थानमा चित्त बुझाउनु परेको छ ।
२०३६ सालदेखि राजनीति शुरु गरेका टेकबहादुर गुरुङ नेपाली कांग्रेस मनाङका सभापति पनि हुनुहुन्छ । उहा“का दाजु पाल्तेन गुरुङ मनाङबाट पटक पटक निर्वाचित भइ मन्त्री समेत भइसक्नु भएको छ ।
यसैबीच विजयी उमेदवार गुरुङले आफ्ना मतदाता र समस्त मनाङबासीलाई धन्यवाद दिनु भएको छ । आफू मनाङका विकासका लागि सधैं दत्तचित्त भइ लाग्ने प्रतिबद्धता पनि उहा“ले ब्यक्त गर्नुभएको छ ।
मनाङबाट २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीका देव गुरुङ विजयी हुनुभएको थियो । गुरुङ अहिले नेकपा माओवादीमा हुनुहुन्छ ।
संविधान सभा निर्वाचन २०७० का लागि कूल ४ हजार ७ सय ९४ मतदाता रहेकोमा ३ हजार ६ सय ५५ मत खसेको थियो । सोमध्ये पनि ३३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
मनाङमा टेकबहादुर गुरुङ विजयी भएपछि सदरमुकाम चामे लगायतका स्थानमा विजय जुलुस निस्किएका थिए ।
No comments:
Post a Comment