बेसीशहर- सवै जातजाति, भाषाभाषी, भाषा, धर्म, बर्गलाई समेटेर संघीय राज्य निर्माण गर्नुपर्ने र राज्यको पर्ुनर्संरचनामा मानवअधिकारको साथमा समावेशीकरणमा जोड दिनुपर्ने बेसीशहरमा आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएकाछन् ।
संघीयता, मानवअधिकार र समावेशिता विषयक बेसीशहरमा आयोजित विचार गोष्ठीमा सहभागीहरुले नेपाल बहुजाति, बहुभाषा, बहुसांस्कृति र बहुधार्मिक मुलुक भएकाले आयातित भन्दा आफ्नै खालको विशिष्ट पहिचानको खोजी गरि सोही अनुसारको संघीयता निर्माण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
युएनडीपीको सहयोगमा जुरी नेपाल, नेपाल पत्रकार महासंघ लमजुङ शाखा, लमजुङ उद्योग बाणिज्य संघ र मर्स्याङ्दी बहुमुखी क्याम्पसको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै लमजुङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले सबै संस्कृति, धर्म, भाषा, क्षेत्र, लिंगको प्रतिनिधित्व हुनेगरी संघीय राज्य निर्माण हुन सकेमात्र संघीयता सफल हुने विचार राख्नुभयो ।
स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले अधिकारसहितको संघीय राज्य भएमात्र अपनत्व हुने भएकाले त्यसतर्फध्यान दिनुपर्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा युएनडीपीको नेपालस्थित कार्यालयका कानुन अधिकृत बसन्त अधिकारी, तनुजा बस्नेत र मनोज बच्चनले संघीयता, समावेशीकरण लगायतका बारेमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाली कांग्रेसका समानुपातिक तर्फा उमेदवार कोपिला विकले टिप्पणी गर्नुभएको थियो । नागरिक समाजका अगुवा बालकृष्ण बरालले कार्यपत्रमाथि सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा लमजुङस्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment