scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 28, 2013

आध्यात्मिक साधनाका लागि एक बर्षो मौन ब्रतमा

तार्कुघाट- पुख्र्यौली थलो लमजुङ भएर हाल चितवनमा बसोबास गर्दै आउनु भएका ठाकुरप्रसाद पन्तले आध्यात्मिक साधनाका लागि एक बर्षो मौन ब्रतमा बस्नु भएको छ ।
तार्कुघाटको हर्रर्ााेटस्थित लायन्स सर्वोदय ज्येष्ठ नागरिक आश्रममा रहेको कुटीमा उहा“ले ब्रत शुरु गर्नुभएको हो । एक बर्षो लागि शुरु भएको मौन ब्रतका दौरान उहा“ले जीव, जगतर्,र् इश्वर र ब्रह्माण्डका बारेमा खोज तथा अनुसन्धान गर्नुहुनेछ । ती खोज, अनुसन्धान र साधनाका क्रममा प्राप्त ज्ञानलाई पुस्तकको रुपमा छाप्ने उहा“को योजना छ ।र्
र् इश्वर र जगतको महिमा बुझेर आत्यात्मिकतातर्फलाग्नु भएका पन्तले हालसम्मको अनुभव, खोज अनुसन्धानबाट प्राप्त ज्ञानलाई पुस्तकको रुप दिन लाग्नु भएको हो । मौन ब्रतका क्रममा उहा“ले तीन चार महिनाको अवधिमा पुस्तक लेखी सोही स्थानमै विमोचन गर्ने बताउनु भएको छ । एक बर्षो अवधिमा पन्तले नेपाललाई बौद्ध सनातन धर्मको ढा“चा, बुद्ध जनकसभा, भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक आध्यात्मिक ढा“चा, आफ्नै गुरु बन लगायतका पुस्तक लेख्ने उद्देश्य राख्नु भएको छ । गत मंसिर १ गत बिहान १२ बजेदेखि शुरु भएको उहा“को मौनब्रत आउ“दो बर्षो कार्तिक मसान्तसम्म जारी रहने     छ ।
पन्तको मौनब्रत र अध्ययन अनुसन्धानका लागि सर्वोदय ज्येष्ठ नागरिक आश्रमले ब्यवस्थापकीय सहयोग गरिदिएको छ । हालै आश्रममा आयोजित एक समारोहमा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले पन्तको आगमन र उद्देश्यबारे पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको थियो । 
सो अवसरमा ब्रतका क्रममा पन्तले जडिबुटी, फलफूलको रस र अंकुरित अन्न मात्र सेवन गर्ने बताइएको थियो ।

No comments:

Post a Comment