लमजुङ, २६ कार्तिक ।
आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनका क्रममा हुन सक्ने बालअधिकार हननसम्बन्धी घटना अनुगमन गर्नका लागि जिल्ला बालकल्याण समिति, लमजुङको बिहीबार बसेको बैठकले बाल अधिकार अनुगमन समिति लमजुङ गठन गरेको छ ।
संविधान सभा निर्वाचन २०७० बालअधिकार अनुगमनसम्बन्धी सहयोगी पुस्तिकाको बुँदा ३ मा उल्लेखित प्रावधानअनुसार जिल्ला बालकल्याण समितिका सदस्य रमाराज खनियाँको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा बालकल्याण समितिका सदस्य बुद्धिसागर बराल, जिल्ला उपभोक्ता मञ्च, लमजुङका अध्यक्ष डम्मरबहादुर अधिकारी, बाल संरक्षण समन्वय समिति, लमजुङका अध्यक्ष केशवराज वाग्ले, पत्रकार प्रेमकुमारी घले, जिल्ला बालक्लब सञ्जालका अध्यक्ष रोशन श्रेष्ठ र सञ्जालका सचिव रोनिश परियार रहनु भएको छ । अनुगमन समितिको सर्म्पर्क व्यक्तिका रुपमा सदस्य बुद्धिसागर बराललाई तोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समितिका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले समिति गठनका साथै स्थानीय आमसञ्चारका माध्यमबाट सूचना प्रवाह गर्ने, राजनैतिक दलहरुलाई पत्राचार गर्ने समेत निर्ण्र्ाागरेको छ । अनुगमन समितिले निर्वाचनका समयमा बालअधिकार हननका घटना भएमा जिल्ला बालकल्याण समिति तथा बालअधिकार अनुगमन समितिलाई जानकारी तथा सूचना प्रदान गर्न आव्हान समेत गरेको छ ।
No comments:
Post a Comment