scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 28, 2013

कांग्रेस एमालेद्वारा मतदातालाई धन्यवाद

बेसीशहर- संविधानसभा निर्वाचनमा लमजुङको एक एक क्षेत्रमा विजय हासिल गरेका नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो पार्टर्ीी पार्टर्ीी उमेदवारहरुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
दुवै पार्टर्ीी विज्ञप्ती प्रकाशित गरी मतदातालाई धन्यवाद दिएका हुन् । दुवै पार्टर्ीी मतदाताका अलवा, पार्टर्ीी कार्यकर्ता, सुभेच्छुक, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएका हुन् ।
नेपाली कांग्रेस लमजुङले विज्ञप्तीमार्फ सम्पर्ूण्ा मतदाता, कार्यकर्ता, सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी र सञ्चारकर्मीहरुलाई धन्यवाद दिएको छ । कांग्रेसले पत्रकार सम्मेलनकै आयोजना गरी निर्वाचनमा क्षेत्र नं. २ मा पार्टर्ीीवजयी भएको भन्दै पार्टर्ीीे विजयमा सघाउने सबैलाई धन्यवाद दिएको हो ।
कार्यक्रममा कांग्रेस लमजुङका सभापति कृष्ण कोइरालाले क्षेत्र नं. १ मा भने पार्टर्ीीे संगठन कमजोर रहेकाले चुनाव हार्नु परेको बताउनुभयो ।
पत्रकारहरुले पार्टर्ीीत्रैबाट अन्तरघात भएको विषयमा जिज्ञासा राख्दा कोइरालाले त्यस्तो नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा पर्ूव सभापति तुलसी नारायण श्रेष्ठले आफूले क्षेत्र नं. १ का उमेदवार डा टकराज गुरुङलाई राम्रो सघाएको भए पनि आफूहरु उपर पराजयको दोष आएकोमा दुखमनाउ गर्नुभएको थियो ।
यसैबीच क्षेत्र नं. १ मा पराजित हुनु भएका नेपाली कांग्रेसका उमेदवार डा टकराज गुरुङले आफूले पराजयलाई सहज रुपले लिएको बताउनु भएको छ । जनताको अपार मत आफूलाई प्राप्त भए पनि आफू विजय हुन नसक्नुमा आफैमा कमजोरी रहेको महशुस गर्दै डा गुरुङले विजयी उमेदवार एमालेका जमीन्द्रमान घलेलाई बधाइ ज्ञापन गर्नुभएको छ ।
आफू पराजित भए पनि लमजुङको विकास निर्माण लगायत हरेक क्रियाकलापमा लागि पर्ने प्रतिबद्धता गुरुङले ब्यक्त गर्नुभएको छ ।
यसैबीच नेकपा एमालेले पनि एक विज्ञप्ती प्रकाशित गरी आफ्नो पार्टर्ीी पार्टर्ीी उमेदवारहरुलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिएको छ ।

No comments:

Post a Comment