कार्तिक २७
संविधानसभाको निर्वाचन जति नजिक आउ“दै छ, राजनीतिक दलहरुले प्रचारका कार्यक्रम त्यति नै तीब्र गतिमा अगाडि बढाइरहेका छन् । दलहरुले जिल्लाका विभिन्न भागमा घरदैलो कार्यक्रमका साथमा सभाहरु पनि गरिरहेका छन् । यी क्रम चलिरह“दा पार्टर्ीी्रवेश गर्ने र छोड्ने क्रम पनि चलिरहेको छ ।
यसै सर्न्दर्भमा गत शनिबार बेसीशहरमा नेपाली कांग्रेसले आयोजना गरेको विशाल चुनावी आमसभामा एनेकपा माओवादी, नेकपा एमाले, राप्रपा लगायतका पार्टर्ीीयागेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या अत्याधिक रहेको पाइयो ।
नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा एकीकृत नेकपा माओवादीका जिल्ला कमिटीका सदस्य ठगबहादुर अधिकारी सहित ५ सय ६६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । अधिकारी सहित एनेकपा माओवादीको वेपत्ता परिवारका रामहरि भट्टर्राई, पर्ूव लडाकु सेक्सन कमाण्डर कृष्ण परियारपनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूका खेमराज तामाङसहितका कार्यकर्ताहरुसमेत नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
बेसीशहर- एकीकृत नेकपा माओवादीका जिल्ला कमिटीका सदस्य ठगबहादुर अधिकारी नेपाली कांग्रेसमा प्रवेश गरेको चर्चा सेलाउन नपाउ“दै सो पार्टर्ीीे तमुवान राज्य समितिका सदस्य पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
दोस्रो संबिधान सभाको निर्बाचन नजिकिंदै गर्दा नेपाली कांग्रेसले गरेको चुनाबी प्रचार अभियानमा अन्य पार्टर्ीीोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको नेपाली कांग्रेसले जनाएको छ । पछिल्लो पटक एकीकृत नेकपा माओबादी तमुवान राज्य समितिका सदस्य सागर गुरुङ नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ ।
नेपाली कांग्रेसले शनिबार फलेनीको लप्सीबोटमा गरेको चुनाबी सभामा राज्य समितिका सदस्य सागर गुरुङसहित एमाओबादी फलेनी गाउ“ कमिटीका अध्यक्ष सोमबहादुर गुरुङ, सक्रिय कार्यकर्ता शंकर गुरुङ लगायत एमाओबादी परित्याग गरी कांग्रेसमा प्रबेश गरेका थिए । यसैगरि शुक्रबार ढोडेनीमा आयोजित कार्यक्रममा संघीय समाजबादी पार्टर्ीी जिल्ला सदस्य बलबहादुर गुरुङ, सुब्बा गुरुङ, भिमसेन गुरुङ लगायत ३५ जना ब्यक्तिहरु बिभिन्न पार्टर्ीीरित्याग गरी कांग्रेसमा प्रबेश गरेका थिए । चुनाबी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. १ का उम्मेद्वार डा.टकराज गुरुङले नेपाली कांग्रेसले मात्रै संबिधान निर्माण गर्न सक्ने नेपाली जनताहरुले बुझिसकेको बताउंदै जनलहर कांग्रेसमा उर्लिएको बताउनुभयो । सो कार्यक्रममा नेपाली क्षेत्र नं. १ का सभापति बिष्णुप्रसाद धिताल, महासमिति सदस्य इन्दिरा तिवारी, नेपाल तरुण दलका पर्ूब महासचिब यमबहादुर गुरुङ, समानुपातिक उमेदवार कोपिला बि.क., क्षेत्र नं. १ का सचिब बुधमान गुरुङ, कोषाध्यक्ष शिव्रि्रसाद जोशी, स्वबियु फोरमका पर्ूब अध्यक्ष रामकृष्ण कंडेल, ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष प्रतापराज सिलुवाल, क्षेत्र न. १ का सदस्य शुरेस पाण्डे, रामहरी न्यौपाने , फलेनीका सभापति बोधलाल श्रेष्ठ, छिमेकी गाउंकार्य समितिका सभापति लगायतको रहेको थियो ।
संविधान सभा निर्वाचनमा प्रतिनिधित्वका लागि एनेकपा माओवादी लमजुङ क्षेत्र नं.१ को भुलभुले गाविसको ङादीमा आज शनिवार चुनावी सभा सम्पन्न हुनुका साथै दर्जनौ युवाहरु एमाले परित्याग गरी एमाओवादी प्रवेश गरेका एमाओवादीले जनाएको छ ।
सोेमबार जीतामा आयोजित नेेपाली कांगे्रसको चुनाबी कार्यक्रममा एमाले र माओबादी परित्याग गरी ४५ जना कांग्रेसमा प्रबेश गरेका छन् । एमाओबादी र एमालेले मुलुकको निकास दिन नसक्ने र ग्रामिण बिकासका लागि चासो नदिएकाले आफुहरु कांग्रेसमा प्रबेश गरेको नबप्रबेशीहरुले बताएका छन् । कार्यक्रममा दीलिप घिमिरे, सरस्वती घिमिरे, नारायण थापा, निर्मला थापा, पार्बती थापा, शंकर कुबंर दर्ुगा कुबंर राम बहादुर भुजेल, आईत बहादुर दवाडी, गंगा बहादुर थापा, हर्कबहादुर थापा, रघुनाथ घिमिरे, दीपक थापा लगायत ४० जना ले एमाले परित्याग गरी कांग्रेसमा प्रबेश गरेका थिए । त्यसैगरी मनबहादुर सार्की, गोपाल बहादुर भुजेल लगायत ५ जना एमाओबादी परित्याग गरि कांग्रेस प्रबेश गरेका थिए । नबप्रबेशीहरुलाई कांग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइराला र क्षेत्र नं. २ का उम्मेद्वार चन्द्रबहादुर कुबंरले माला र अबिर लगाई पार्टर्ीीे सदस्यता प्रदान गर्नुभएको थियो ।
यसैबीच नेकपा एमालेले सोमबार भोर्लेटारमा आयोजना गरेको चुनावी आमसभामा विभिन्न पार्टर्ीीरित्याग गरी केही ब्यक्तिहरु एमालेमा प्रवेश गरेका बताइएको छ ।
No comments:
Post a Comment