सुन्तलामा ग्रिनिङ भाइरस लागेर बोट विस्तारै मर्न थालेपछि उत्पादनमा समेत नराम्रो असर परिरहेका बेला लमजुङमा जापानी उन्सु जातको सुन्तलाको राम्रो सम्भावना रहेको पाइएको छ ।
चिती गाविसको वडा नंं २ स्याउतका रमेशराज पन्तको बगैंचामा लगाइएको यस जातको सुन्तलाले राम्रो उत्पादन दिन थालेपछि यसको सम्भावना बढेर गएको हो । जिल्ला कृषि विकास कार्यालय लमजुङले सो जातको सुन्तलाका लागि लमजुङको माटो र हावापानी उपयुक्त भएकाले यसको ब्यवसायीक खेती गर्न सकिने बताएको छ । आगामी दिनमा यो नया“ जातको सुन्तलाको विरुवा वितरण गरी जिल्लाका किसानहरुलाई फेरि एकपटक सुन्तला खेतीतर्फो सम्भावना अैंल्याउने प्रयास गरिने जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार यो जातको सुन्तला ८ सय देखि १ हजार २ सय मिटरको उचाइसम्म फलाउन सकिन्छ । तर यो जातको सुन्तलाको बोट हाल भइरहेका सुन्तलाको भन्दा सानो र होचो हुने बताइएको छ । यो जातको सुन्तलालाई बगैंचामा र आवश्यक परे गमलामा समेत सारेर उत्पादन लिन सकिने कृषि प्राविधिकहरुले बताएका छन् ।
लमजुङको चितीमा परीक्षणका लागि लगाइएको यो सुन्तलाले राम्रै उत्पादन दिएपछि जिल्ला कृषि विकास कार्यालयले यसको प्रचार प्रसार शुरु गरेको छ । चितीका किसान पन्तको बगैंचामा लटरम्म सो जातको सुन्तला फलेपछि प्रचार प्रसारका लागि कृषि विकास कार्यालयले अभियान नै चलाएको छ ।
लमजुङमा सुन्तला जातको फलफूलका लागि पकेट क्षेत्र मानिएको चिती, उदीपुर लगायतका क्षेत्रमा लगाइएको सुन्तलामा ग्रिनिङ भाइरस -विस्तारै टुप्पो मर्दै गइ पछि रुख मर्नेे) ले आक्रमण गरेपछि लमजुङमा सुन्तला उत्पादन हृवात्तै घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बगैंचाका रुखहरु धमाधम मर्न थालेपछि किसानहरु समेत चिन्तित भएका छन् ।
चितीका कृषक पन्तले आफूलाई सो जातको सुन्तला कृषि अनुसन्धान परिषद नार्कका वागवानी प्रमुख डा कृष्ण पौडेलले दिनुभएको र उहाँकै सुझाव अनुसार आफूले आफ्नो बगैंचामा लगाएको बताउनुभयो । पन्तका अनुसार सो जातको सुन्तला भदौ असोजदेखि कार्तिकसम्म पाक्ने र एक बोटबाट तीनहजार रुपैया“सम्म आम्दानी गर्न सकिन्छ ।
पन्तका अनुसार उहाँको बगैंचामा उन्सु जातको सुन्तला लटरम्म फल्न थालेपछि चिती स्याउतका अन्य किसानहरु समेत यो जातको सुन्तला खेतीतर्फआकषिर्त भएका छन् । उहा“का अनुसार अहिले उहा“कहा यो जापानी जातको सुन्तलाको विरुवाको माग धेरै भएपछि उहाँले बगैंचासंगै सुन्तला नर्सरीसमेत सञ्चालन गर्नुभएको छ ।
विगत केही बर्षता ग्रिनिङ भाइरसका कारण सुन्तलाको बोट मर्न थालेपछि लमजुङमा सुन्तला उत्पादनमा ह्रास आइरहेको छ । यसलाई मध्यनजर गर्दै गाउँशहर ८ पाखाथोक नरुवालका कृषि प्राविधिक जीवनजंग थापाले र चितीमा पन्तले यसको नर्सरी स्थापना गर्नुभएको छ । यी विरुवाहरु रोगमुक्त प्रविधिबाट उत्पादन गरिएकाले ग्रिनिङ लगातका रोग नलाग्ने कृषि प्राविधिकहरुले बताएका छन् ।

No comments:
Post a Comment