कार्तिक २७
आगामी मंसिर ४ गते हुन लागेको संविधचानसभाको दोस्रो निर्वाचन स्वच्छ बनाउन सहयोग पुर्याउने उद्देश्यले लमजुङमा एक समन्वय समिति गठन गरिएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान समन्वय समिति नाम गरेको समिति गठन गरिएको हो ।
प्रेस चौतारी नेपाल लमजुङका अध्यक्षर् इश्वर पाण्डेको अध्यक्षतामा गठित समन्वय समितिमा सचिव किसान नेपाली र सदस्यहरुमा नवीनराज कुइ“केल, नवराज पहाडी, आश गुरुङ, युवराज श्रेष्ठ, शान्ता कमली, यमकुमारी घले र आशा तामाङ रहेको बताइएको छ ।
आगामी संविधानसभा निर्वाचनका हरेक क्रियाकलापलाई समितिले सुक्ष्म अनुगमन गर्ने बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा बेसीशहरमा सप्ताहन्तमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका अवसरमा यस्तो समिति गठन गरिएको बताइएको छ ।
आगामी संविधानसभा निर्वाचनको र्सर्न्दभमा जिल्ला निर्वाचन कार्याल य, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय, नागरिक समाज, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुबीचको अर्न्तक्रियापछि समितिको गठन गरिएको हो ।
कार्यक्रममा आगामी संविधानसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नागरिक स्तरबाट के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनुका साथै निर्वाचनको गतिविधि, सुरक्षा अवस्थ्ाा र आचार संहिताको स्थितिका विषयमा छलफल भएको बताइएको छ ।
सो अवसरमा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निर्वाचनलाई मध्यनजर गरी लमजुङको सुरक्षा अवस्था मजबुत बनाइएको र निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरीको ब्यवस्था गरिएको बताउनुभयो ।
जिल्ला निर्वाचन अधिकारी रणबहादुर खत्रीले निर्वाचन कार्यालयले आफ्नो कार्यतालिका अनुसार काम गर्दै आइरहेको भन्दै ठाउ“ठाउ“मा मतदाता शिक्षा, आचारसंहिता आदि विषयमा जानकारी गराउने लगायतका कार्यहरु भइरहेको जानकारी दिनुभयो ।
No comments:
Post a Comment