scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 7, 2013

नेकपा एमालेका उमेदवारलाई पितृशोक

लमजुङ, कार्तिक २१
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा आगामी संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं. २ का लागि नेकपा एमालेका उमेदवार पृथ्वीसुब्बा गुरुङलाई पितृशोक परेको छ ।
उहाँको पिता लमजुङको गिलुङ गाविस वडा नं ८ टक्सार निवासी गंगाबहादुर गुरुङको ८७ बर्षो उमेरमा काति्ृक १८ गते विहान  निधन भएको हो ।
निर्वाचनको प्रचार प्रसारको क्रममा रहनुभएका गुरुङ पिताको निधन पश्चात निर्वाचन प्रचार प्रसारको काम छोडेर आफ्नो घर पुग्नु भएको थियो । उहाँका पिताको सोही दिन गुरुङ परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
पिताको निधनपछि निर्वाचन कार्यक्रम स्थगित गरी घर जानुभएको गुरुङले कार्तिक २१ गते समीभञ्ज्याङबाट पुनः निर्वाचन कार्यक्रममा सहभागी हुने बताउनुभयो ।

No comments:

Post a Comment