scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 7, 2013

लमजुङ क्षेत्र नंं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने

लमजुङ, २१ कार्तिक
आगामी संविधान सभाको निर्वाचनका लागि लमजुङ क्षेत्र नंं २ मा तीन ठूला दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका उमेदवार पृथ्वी सुब्बा गुरुङ विजयी भएको यो क्षेत्रमा आफ्नो कब्जा जमाउन राजनीतिक दलहरु लागि परेका छन् । विशेष गरी यो क्षेत्रमा एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । अघिल्लो संविधानसभा निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र एमाओवादी तेस्रो स्थानमा रहेकामा यसपटक आफ्नो पार्टर्ीीे विजयका लागि तीनै दलका नेता कार्यकर्ता मरिमेटेर लागिपरेका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १९ हजार ५८३ मत ल्याई विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका दीलबहादुर र्घर्तीले १३ हजार ६९९ मत ल्याउनु भएको थियो ।
त्यस्तै एनेकपा माओवादीका मधु अधिकारीले ९ हजार ४९५ मत ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनमा लमजुङ क्षेत्र नंं २ मा कूल ७८ हजार ४७१ मतदाता रहेकामा  जम्मा ४५ हजार ६७ मत -५७.४३ प्रतिशत) खसेको थियो । खसेको मतमध्ये ९६.८७ प्रतिशत मत सदर भएको थियो । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनका लागि लमजुङ क्षेत्र नंं २ मा जम्मा ४६ हजार ९४२ मतदाता छन् । यसपाली फोटोसहितको मतदाता नामावलीमा अघिल्लो निर्वाचनको भन्दा ३१ हजार ५२९ मतदाता कम छन् । मतदाताको संख्यामा भारी कटौति हुँदा यसले निर्वाचन परिणाममा पनि असर पार्न सक्ने विश्लेषण भइरहेको छ । 
विगतको तुलनामा मतदाताको संख्या घटेको अवस्थामा अघिल्लो निर्वाचनलाई आधार बनाएर यही उमेदवारले जित्छ भन्न सकिने अवस्था नदेखिएको विश्लेषकहरु बताउँछन् ।
यद्यपी दलहरु निर्वाचन आफ्नो पक्षमा पार्न लागि परेका छन् । विगतमा जितेको नेकपा एमाले यस पटक पनि यो क्षेत्रमा आफ्नो विजय सुनिश्चित गराउने अभियानमा लागि परेको छ । नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले आफ्नो दलको पक्षमा निर्वाचन परिणाम आउनेमा ढुक्क हुनुहुन्छ । तर विश्लेषकहरुका अनुसार यसपटक एमाले उमेदवार पृथ्वीसुब्बा गुरुङलाई सहज भने छैन । उहाँलाई आउने केही सम्भावित मत अहिले संघीय समाजवादीका उमेदवार खेमजंग गुरुङले तान्ने आँकलन गरिएको छ । त्यस्तै विगतमा गुरुङले संविधानसभामा ककसको अध्यक्ष भएर खेलेको भूमिकाका कारण पनि गैर गुरुङ मतदाता उहाँप्रति सकरात्मक नभएको एमाले इतरका दलको विष्लेषण छ ।
त्यस्तै अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यस पटक जिल्लाभर संगठन विस्तार गरेकाले आफ्नो पार्टर्ीी जित्ने दावी गरेको छ । ०६४ को संविधानसभा निर्वाचन अघिका सबै संसदीय आम निर्वाचनमा लमजुङका कांग्रेसले जितेको थियो । अहिले पनि पृथ्वीसुब्बा गुरुङको जन्मस्थान गिलुङ लगायतका गुरुङ समुदायको बाहुल्य रहेको स्थानमा संगठन मजबुत भएकाले आफ्नो पार्टर्ीीे जीत सुनिश्चित रहेको नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइरालाको दावी छ । 
यता अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेको एमाओवादीेले पनि क्षेत्र नंं २ मा विगतको तुलनामा संगठन विस्तार गरिएकोले आफ्नो पार्टर्ीीे निर्वाचन जित्ने दावी गरेको छ । एमाओवादी तमुवान राज्य समितिका सदस्य देवेन्द्र पौडेलले अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनमा धेरै फरक रहेको र यो अवधिमा पार्टर्ीींगठन राम्रो भएकाले आफ्नो पार्टर्ीीे जीत हुने उहाँ बताउनु हुन्छ ।
लमजुङ क्षेत्र नं. २ मा तीन ठूला पार्टर्ीीहेक राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीट चतर्ुर्भुज घिमिरे, राप्रपा नेपालबाट रामबहादुर थापा,  अखण्ड नेपाल पार्टर्ीीाट गोपाल बहादुर कुँवर,  संघीय गणतान्त्रिक समाजवादी पार्टर्ीीट खेमजंग गुरुङ, संघीय गणतान्त्रिक समाजवादी पार्टर्ीीट गमबहादुर तामाङ, जनप्रजातान्त्रिक पार्टर्ीीट आनन्द परियार र नेपाल परिवार दलको तर्फाट रामबहादुर गुरुङको उमेदवारी रहेको छ । यी दलहरुको खासै प्रभाव नदेखिए पनि उनीहरु पनि निर्वाचनको प्रचारप्रसारमा युद्धस्तरमा लागेका छन् । यी दलका उमेदवारहरु पनि आफ्नो जीत हुने दावी गरिरहेका छन् ।

No comments:

Post a Comment