scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 28, 2013

लमजुङका दर्ुइ क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका एक एक उमेदवार विजयी

भर्खरै सम्पन्न भएको संविधानसभाको निर्वाचनमा लमजुङका दर्ुइ क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका एक एक उमेदवार विजयी भएका छन् । लमजुङ क्षेत्र नम्बर १ बाट नेकपा एमालेका जमिन्द्रमान घले र क्षेत्र नं. २ मा नेपाली कांग्रेसका चन्द्रबहादुर कु“वर विजयी हुनु भएको छ ।
क्षेत्र नंं १ मा घलेले निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. टकराज गुरुङलाई ७ सय ९८ मतले पछि पार्दै विजयी हुनु भएको हो । विजयी हुनु भएका घलेले ११३०९ र गुरुङले १०४११ मत पाउनु भएको थियो । क्षेत्र नं. १ मा एमाओवादीका उमेदवार देवेन्द्र पराजुलीले ६ हजार ३ स य ५५ मत प्राप्त गरी तेस्रो स्थानमा पर्नुभएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार चन्द्रबहादुर कु“वर निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलाई ७ सय ६१ मतले पछि पार्दै विजयी हुनु भएको छ । कु“वरले १४ हजार ७६५ मत र गुरुङले १४ हजार ०९३ मत पाउनु भएको थियो । अर्का प्रतिद्वन्द्धी एकीकृत माओवादीका उमेदवार पारसमण्ी पौडेलले ५ हजार २ सय ९५ मत प्राप्त गर्नुभएको थियो ।
क्षेत्र नंं १ मा विजयको दावेदार भनिएका राप्रपाका हेमजंग गुरुङले २ हजार २ सय ५३ मत पाउनुभयो । त्यस्तै राप्रपा नेपालका शंकरराज विष्टले १ सय ८१, नेकपा मालेका रामकाजी दुतराजले ८ सय ३५, अखण्ड नेपाल पार्टर्ीी रामबहादुर रानाभाटले १ सय ५४, संघीय गणतान्त्रिक समाजवादीका गिरबहादुर तामाङले २ सय २३, संघीय समाजवादी पार्टर्ीी पृथ्वीमान घलेले १ सय २१ र स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद ओझाले २२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरि क्षेत्र नम्बर २ मा संघीय समाजवादी पार्टर्ीी उमेदवार खेमजंग गुरुङले ३ सय ६, राप्रपाका  चतर्ुर्भुज घिमिरेले २ सय ५०, राप्रपा नेपालका रामबहादुर थापाले २ सय ३१, अखण्ड नेपालका गोपालबहादुर कु“वरले १ सय ३१, जन प्रजातान्त्रिक पार्टर्ीी आनन्द परियारले ६३ र नेपाल परिवार दलका दानबहादुर गुरुङले ४२ मत पाउनु भएको छ ।
यसैबीच निर्वाचित भए पछि दुवै उमेदवारहरुले मतदातालाई धन्यवाद दिनुभएको छ । क्षेत्र नं. १ का विजयी उमेदवार नेकपा एमालेका नेता जमिन्द्रमान घलेले चुनावी प्रचारप्रसारको क्रममा जनतासंग गरिएका विकासे प्रतिवद्धतालाई कार्यन्वयन गर्ने र संविधानसभामा जिल्लाबासीको आवाजलाई उठाउने प्रतिबद्धता जनाउनु भयो । घलेले आफू जिल्ला विकास समितिको सभापति हु“दा बनाएको पञ्चबषिर्य जिल्ला योजनामा समावेस गरिएको जलश्रोत, पर्यटन, कृष िर सडकलाई प्राथामिकतामा राखेर विकास निर्माणका कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरि क्षेत्र नंं २ मा नेपाली कांग्रेसबाट विजयी हुनु भएका उमेदवार चन्द्रबहादुर कु“वरले पनि मतदातालाई धन्यवाद दिदैं लमजुङ जिल्लाको विकासका लागि निर्वाचन अघि पार्टर्ीी अघि सारेका योजनाहरुलाई मर्ूत रुप दिन आफ्नो क्रियाशीलता रहने बताउनुभयो । उहा“ले विकासको पर्ूवाधार सडक भएकाले जिल्लाका विभिन्न सडकहरुलाई प्राथामिकतामा राख्ने, कृषि, पर्यटन, जलश्रोतको विकासका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

No comments:

Post a Comment