scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 28, 2013

समानुपातिकतर्फलमजुङका दुवै क्षेत्रमा कांग्रेसको अग्रता

बेसीशहर- सबिधान सभा निर्वाचन २०७० मा लमजुङ क्षेत्र नंं २ मा मात्र विजय हात पारेको नेपाली कांग्रेसले समानुपातिकतर्फभने दुवै क्षेत्रमा अग्रता हासिल गरेको छ ।
आइतबार मतगणना सम्पन्न भए पछि लमजुङमा समानुपातिक तर्फनेपाली कांग्रेस अग्रस्थानमा आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । प्रत्यक्षतर्फएकमात्र क्षेत्रमा जितेपनि समानुपातिकतर्फभने दुवै क्षेत्रमा कांग्रेसले अग्रता लिएको हो । 
मत परिणाम अनुसार लमजुङ क्षेत्र नम्बर १ मा कुल ३४ हजार ८ मत खसेकोमा ८८० बदर भएको थियो । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले १० हजार ७२१, नेकपा एमालेले १० हजार ९१, एकीकृत नेकपा माओवादीले ६ हजार ४१५ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी १ हजार ९८२, नेकपा माले ५८२, राप्रपा नेपालले ४७३, संघीय गणतान्त्रिक समाजवादीले ३१९, अखण्ड नेपाल पार्टर्ीी १५७ र संघीय समाजवादी पार्टर्ीी १४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले छ । 
क्षेत्र नम्बर २ मा ३७ हजार ४०८ मत खसेकोमा ५६५ मत बदर भएको थियो । मतपरिणाम अनुसार क्षेत्र नम्बर २ मा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले १४ हजार ८४३, नेकपा एमालेले १३ हजार २४४ र एकीकृत नेकपा माओवादीले ४ हजार ९१८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा नेपालले ८१३, अखण्ड नेपालले ३४९, नेकपा मालेले ३७१, राप्रपाले ३२२, संघीय समाजवादीले २८६ र संघीय गणतान्त्रिक समाजवादीले १०४ मत प्राप्त गरेको छ । 
समानुपातिक निर्वाचन प्रणालीतर्फदुवै क्षेत्रमा कांग्रेसले अग्रता लिए पनि प्रत्यक्षतर्फभने एक मात्र क्षेत्रमा कांग्रेस विजय हुनुमा विभिन्न तर्कहरु अघि आएका छन् । कतिपयले कांग्रेसका नेताहरुको अन्तर्घर्ााा कारण एक क्षेत्र एमालेको कब्जामा गएको बताएका छन् । विगतदेखि नै गुट उपगुटमा रमाउने केही नेताहरुको अन्तर्घर्ााा कारण झिनो मतअन्तरले क्षेत्र नं. १ मा डा टकराज गुरुङको पराजय भएको कार्यकर्ताहरुले आरोप लगाएका छन् । अन्तर्घर्ाागर्ने नेताहरुउपर छानवीन गरी कारबाही गर्न उनीहरुले माग गरेका छन् ।
कार्यकर्ताका अनुसार कांग्रेसको जनाधार धेरै रहेका क्षेत्रमा समेत प्रत्यक्षतर्फमत नआउनु अन्तर्घर्ााै कारण हो । पार्टर्ीी उमेदवार चयनका क्रममा आफूहरुलाई अन्याय गरेको भन्दै टिकट वितरणदेखि नै असन्तुष्ट रहेका केही नेताहरुले समानुपातिकतर्फपार्टर्ीीई र प्रत्यक्षतर्फएमालेको र्सर्ुय चिन्हमा भोट मागेको कार्यकर्ताको गुनासो छ । क्षेत्र नंं १ र २ दुवै क्षेत्रमा अन्तर्घर्ााभएको कार्यकर्ताको दुखेसो छ । क्षेत्र नं. २ मा अन्तर्घर्ाानभएको भए कु“वर कम्तीमा ४ हजार मतान्तरले विजयी हुने उनीहरुको ठहर छ । 

No comments:

Post a Comment