scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 20, 2013

सुन्तला उत्पादन बढाउन बगैचा ब्यबस्थापन कार्यक्रम

सरकारले सुन्तलाको उत्पादन बर्ढाई आत्मनिर्भर बनाउने उद्देश्यलेे सुन्तला सुदृढिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।
सरकारले सुन्तलाको उत्पादन बर्ढाई भारतबाट आयात घटाउन गएको साउन महिनादेखि सुन्तला सुदृढिकरण कार्यक्रम लागू गरेको छ । सरकारले  पश्मिाञ्चलका ७ जिल्ला र धादिङ गरी ८ जिल्लाका ४ सय हेक्टर क्षेत्रफलमा सुन्तला सुदृढिकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सुन्तलाका लागि उपयुक्त वातावरण भए पनि कार्यक्रम र तालिमको अभावले उत्पादकत्व बढाउन नसकेको पाइएपछि सुदृढिकरण कार्यक्रम ल्याइएको हो । अहिले समस्याग्रस्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम थालिएको बताइएको छ । 
लमजुङमापनि सुन्तला उत्पादन बढाउन बगैचा ब्यबस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । बगैचा ब्यबस्थापन कार्यक्रमका लागि बजेट विनियोजन भएको जिल्ला कृषि विकास कार्यालयका बागवनी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले बताउनुभयो । 
विभिन्न किसिमका रोगका कारण प्रत्येक बर्षउत्पादन घट्दो क्रममा भएपनि यसबर्षभने लमजुङमा उत्पादन बृद्धि भएको कृषि कार्यालयको दावी छ । यसबर्षसुन्तलाको उत्पादनमा गत वर्षरुमा भन्दा २० प्रतिशतले बृद्धि भएको कृषि विकास कार्यालयले अनुमान गरेको छ । सुन्तलाको लागि नेपालभर प्रसिद्धि कमाएको लमजुङमा सिट्रस ग्रिनिङ्ग अर्थात टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै मर्दै जान थालेपछि सुन्तलाको उत्पादन घट्दै गएको थियो । तर यसबर्षभने केही नयाँ विरुवाले उत्पादन दिन थालेको र पुराना रुखहरुमा उपचारपछि उत्पादन दिएको कृषि कार्यालय लमजुङले जनाएको छ । लमजुङमा एक हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जसमध्ये १ हजार हेक्टर क्षेत्रफलको सुन्तलाले उत्पादन दिइरहेको छ । यो बर्षथप ५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको छ । सरकारले सुन्तला उत्पादन बढाउन बगैचा ब्यबस्थापनका लागि बजेट छुट्टाएको कृषि कार्यालय लमजुङले जनाएको छ । 
चितिका ब्यबसायीक सुन्तला किसान रमेशराज पन्तले सुन्तला बगैचा गोडमेल, औषधीउपचार र सरसफाईपछि यो बर्षराम्रो उत्पादन दिएको बताउनुभयो । सुन्तलाको लागि प्रत्यात चिती स्याउतका अन्य किसानको बगैचाबारीमा रोगको समस्या छ । ग्रिनिङ्ग भाइरसका कारण अहिले चिती उदीपुर तथा अन्य स्थानका किसानहरु नयाँ विरुवा लगाउने र पुरानालाई उपचार तथा गोडमेल गर्ने गरेका छन् । 
विगतमा लमजुङमा वितरण भएका सुन्तलाका विरुवा कम उचाइ र असुरक्षित नर्सरीमा  उत्पादन भएकाले सुन्तलामा अहिले गम्भीर किसिमको रोग देखा परेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका बागवानी विकास अधिकृत ज्ञानेन्द्र अधिकारीले उचित ब्यवस्थापनको अभावमा सुन्तलाको उत्पादन घट्दै गएकाले बगैचा ब्यबस्थापनमा ध्यान दिएमा उत्पादन बढ्ने बताउनुभयो । लमजुङका विभिन्न स्थानमा गरी १४ हजार मेटि्रक टन सुन्तला उत्पादन हुने गरेको छ । लमजुङको सुन्तला काठमाण्डौं, पोखरा, नारायणगढ लगायतका बजारमा राम्रो खपत हुने गरेको छ । यसबाहेक लमजुङको सुन्तलाको बंगालादेशसम्म राम्रो माग हुने गरेको किसानहरु बताउँछन् ।

No comments:

Post a Comment