कार्तिक २७
राजनीतिक दलहरु संविधानसभाको निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् । निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि सकेसम्मको कसरत दलका उमेदवार र नेता कार्यकर्ताले गरिरहेका छन् । निर्वाचन मुखैमा आइरहदा आम जनमानसमा भने निर्वाचनमा कुन दलको कुन उमेदवारले जित्ला भन्ने कौतुहल बढ्ादो छ । त्यस्तै राजनीतिक दलका कार्यकर्ताहरुमा पनि यो कौतुहल छ“दैछ । यद्यपी सबै दलका उमेदवार र नेता कार्यकर्ताहरु आफू र आफ्नो पार्टर्ीी जित्ने दावी गरिरहेका छन् ।
निर्वाचनको लागि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवार तथा नेता कार्यकर्ताहरुले आम मतदाताबीच आफू र आफ्नो दलले निर्वाचन जित्ने दावी गरे पनि उनीहरु स्वयं आफू र आफ्नो पार्टर्ीी जित्नेमा आफै विश्वस्त हुन सकिरहेका छैनन् । निर्वाचनको परिणाम कता जान्छ भन्ने थाहै नहुने र आफ्ना मतदातालाई डाढस दिनका लागि उनीहरुले यस्तो भन्ने गरेका छन् ।
अघिल्लो निर्वाचनमा लमजुङ क्षेत्र नंं १ मा एमाओवादी र २ मा एमालेका उमेदवार विजयी भएका थिए । तर यसपालीको निर्वाचनमा भने दुवै क्षेत्रमा पहिला जितेका पार्टर्ीी जित्ने अवस्था देखिएको छैन । यसपालीको माहोल अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा चित्त बुझाएको र त्यस अवधिमा सरकारमा नबसेको नेपाली कांग्रेसको पक्षमा देखिएको छ । एमाओवादी र एमालेका नेताहरु पनि कांग्रेसतर्फउर्लिएको माहौलले आर्श्चर्यमा परेका छन् । यद्यपी प्रचार प्रसारका क्रममा आफ्नै उमेदवारले जित्छ भन्नु उनीहरुको बाध्यता छ ।
एमाओवादी लमजुङका कार्यालय सचिव देवेन्द्र पौडेल क्षेत्र नं. १ मा आफ्नो पार्टर्ीी जितिसकेको र २ मा जित्ने तयारीमा रहेको बताउनुहुन्छ । त्यस्तै नेकपा एमाले पनि दुवै क्षेत्रमा आफ्नो पार्टर्ीीे जीत हुन्छ भनिरहेको छ । नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरे यसपटक लमजुङका दुवै क्षेत्रमा आफ्नो पार्टर्ीीे जीत हुनेमा विश्वस्त हुनुहुन्छ । उहा“ भन्नुहुन्छ- "दुवै क्षेत्रमा हाम्रो जीत सुनिश्चत छ । लमजुङ कांग्रेसको किल्ला हो र रहनेछ"
No comments:
Post a Comment